विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु

२०७६ असार २५, बुधबार १२:०४ गते २०७६ असार २५, बुधबार १२:०४ गते २०७६ असार २५, बुधबार १२:०४ गते

भोजपुर : बुधबार बिहान भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ।

एक प्रहरी जवान र एक विप्लव कार्यकर्ताको मृत्यु भएको हो। शनिबार बिहानै चिया नास्ताका लागि नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका ओखलढुंगा इन्चार्ज निरकुमार राई पाँचधारे होटलमा बसिरहेका थिए। गस्तीमा रहेको प्रहरी टोली त्यही होटलमा पुग्यो। प्रहरी देख्नेबित्तिकै अत्तालिएका विप्लव कार्यकर्ताले सुरुमै प्रहरीमाथि गोली हाने।

स्थानीय प्रयक्षदर्शीकाअनुसार प्रहरी देख्ने बित्तिकै निरकुमार प्रतिकारमा उत्रिएका थिए। प्रहरीले उनलाई पहिचान गर्न नपाउँदै छातीमा गोली लागेर प्रहरी जवान सञ्जीव राई भुइँमा ढले। लगत्तै प्रहरीको जवाफी फायरिङमा निरकुमारमाथि गोली लाग्यो।

होटलमा एकाएक आतंक फैलियो। केही बेरमै भोजपुर बजार आतंकित बन्यो। अहिले बजार प्रायःबन्द जस्तै छ।अहिले भोजपुर सदरमुकामको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।

उनकाअनुसार मृतक प्रहरी जवान र विप्लव कार्यकर्ताको शव जिल्ला अस्पतालमा राखिएको छ। एक घाइते प्रहरीको त्यही उपचार भइरहेको छ।अन्नपूर्णपोस्ट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *