विषादीयुक्त फलफूल र तरकारी काण्डमा ‘रअ’ को षड्यन्त्र ।।

२०७६ असार २६, बिहीबार ०८:५१ गते २०७६ असार २६, बिहीबार ०८:५१ गते २०७६ असार २६, बिहीबार ०८:५१ गते

काठमाडौं । भारतबाट आउने विषादीयुक्त फलफूल र तरकारी काण्डमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीति गर्न खोेजेको चर्चा छ । प्रचण्डले नै भारतीय राजदूतावासलाई पत्र लेखेर मात्रिका यादवमार्फत् विषादी जाँचको निर्णय फिर्ता गराउन भूमिका खेलेको आशंका नेकपाभित्रबाटै गरिएको छ ।

स्रोतका अनुसार विषादी काण्ड बाहिर आउनेवित्तिकै नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरी प्रचण्डलाई भेट्न खुमलटार गोप्य रुपमा पुगेका थिए । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको आन्तरिक द्वन्द्व तरकारी र फलफूल विषादी प्रकरणमार्फत् ‘क्लाईमेक्स’मा पुगेको चर्चा छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले भारतीय राजदूतावासबाट आएको पत्र कसले सार्वजनिक गरेको हो भनेर कृषिमन्त्री चक्रपाणि खनाल र आपूर्तिमन्त्री मात्रिका यादवको सातो लिएका थिए । मन्त्रिपरिषद् बैठकमा मन्त्रीद्वय खनाल र यादवबीच तनावपूर्ण स्थिति बनेको थियो । मन्त्रिपरिषद् बैठक बिनाकुनै निस्कर्ष सक्किएको थियो । बैठक पुनः मंलबार बसेको थियो । दुबै बैठकमा भारतीय राजदूतावासको पत्र कसले सार्वजनिक ग¥यो भन्ने विषयमा केन्द्रित रहेको थियो ।

स्रोतका अनुसार भारतीय राजदूतावासबाट आएको पत्र लैनचौरस्थित भारतीय जासुसी संस्था ‘रअ’ले लिक गरेको थियो । ‘रअ’ले आफू निकटका पत्रकार र मिडियामार्फत् सो पत्र आउट गरेर ओली सरकारको बद्नाम गर्ने प्रयास गरेको हो ।
भारतबाट आउने तरकारीको विषादी परीक्षणपछि मात्रै नेपाल प्रवेश गराउने सरकारी निर्णयमा प्रचण्डले खेल खेलेर सरकारलाई विवादमा पारेको बालुवाटारको बुझाई छ । प्रचण्डले विषादी प्रकरणमा खेलेको ठहर भएरै छौंडा प्रकरण निस्केको हो ।

आफू निकट पूर्वमाओवादीका मन्त्रीलाई प्रयोग गरेर प्रचण्डले ओली नेतृत्वको सरकारलाई अलोकप्रिय बनाउन खोजेको प्रधानमन्त्रीनिकट सर्कलले बुझेको छ । गत जेठ १० गते मन्त्रिपरिषद्बाट निर्णय भई असार २ गते राजपत्रमा प्रकाशित सूचना अनुसार भारतबाट आयातित तरकारीलाई विषादी परीक्षणको प्रक्रियामा हालिएको हो ।

सीमामा सयौं तरकारीका ट्रक रोकिएपछि भारतमा यसबारे मिश्रित प्रतिक्रिया आएको थियो । केही भारतीय मिडियाले यसको प्रशंसा गरे भने राजनीतिक लविङबाट लोकसभामा समेत यसबारे कुरा उठाइएको थियो । काठमाडौंस्थित भारतीय दूतावासले चाहिँ विषादी परीक्षणका नाममा ट्रक रोकेकामा असन्तुष्टि प्रकट गरेको थियो । भारतीय राजदुत मञ्जिभसिंह पुरीले यस विषयमा प्रचण्डसँग भेटेरै गम्भीर आपत्ति प्रकट गरेको स्रोत बताउँछ ।

राजदूतसँग भेटघाटपछि प्रचण्डले मन्त्री यादवलाई ठाडो निर्देशन दिएर त्यो निर्णय फिर्ताका लागि प्रक्रिया अघि बढाउन भनेका थिए । त्यसका लागि भारतीय दूतावासवाट आउने पत्रलाई आधार बनाउन प्रचण्डले मन्त्री यादवलाई सुझाव दिएका थिए । प्रचण्डले भनेअनुसार नै मातृका यादवले भारतीय दूतावासवाट आफैले पत्र मगाएको चर्चा छ ।

त्यही पत्रमा टेकेर मन्त्रिपरिषद्मा यादवले ठाडो प्रस्ताव लगेका थिए । सो प्रस्ताव पारित नै भएको थियो । त्यसपछि देशभरि विरोध भएको छ । यो खेललाई काउन्टर दिनकै लागि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले अमूर्त भाषामा कवितात्मक शैलीको टिवट् गरे, जसमा छौंडा शब्द प्रयोग गरिएको थियो ।

उनको टिवट् थियो–भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोडछन्, दुःख दिन्छन् । यी छौंडाहरु आफैं चलमलाएका हुन् कि कसैले छोडेको ? मन्त्री सरहको मर्यादा राख्ने, प्रधानमन्त्रीसँग प्रत्यक्ष तथा सबैभन्दा नजिक रहेर काम गर्ने रिमालले छौंडा भन्नेसम्मको तिक्तता पोख्दा सरकारलाई विषादी परीक्षण प्रकरणको सेरोफेरोमा निकै ऐंठन भइरहेको थियो ।

पछिल्लो समय मन्त्रिपरिषद्का निर्णयहरू बिहिवार अपरान्ह ४ बजे मात्रै बाहिरिन्थ्यो । त्योपनि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामार्फत् मात्रै । विषादी प्रकरण मात्रै यस्तो निर्णय रह्यो, जुन २४ घण्टा नबित्दै सार्वजनिक भयो । त्यो पनि माओवादी निकट मानिने अनलाइनमार्फत् ।

पुर्व माओवादी निकट अनलाईन पोर्टलहरूवाट बाहिरिँदा प्रायः सबैको शीर्षक एउटै थियो– प्रधानमन्त्रीको ठाडो आदेशमा विषादी आयातमा लगाईरहेको रोक खुला भयो । यसैको सिलसिलमा जोडिंदै सोमबार उद्योग मन्त्री मातृका यादवले पत्रकार सम्मेलन गरेको बालुवाटार स्रोत बताउँछ ।

यादवले भनेका थिए– ‘सचिवहरूको विश्वासमा मैले विषादी परीक्षण गराएर मात्रै तरकारी आयात गर्ने प्रस्ताव आफैंले लगेको थिएँ तर परीक्षण गर्ने क्षमता नै रहेनछ, त्यो थाहा पाएपछि फिर्ता लिने प्रस्ताव लानु परेको हो । यसको सम्पूर्ण दोषको जिम्मेवारी म लिन्छु ।’ (यूनाइटेड पोस्ट साप्ताहिक)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *