चर्चाका लागि हेलिकप्टर चार्टर गरेर फिल्मको मुहूर्त

२०७६ असार २६, बिहीबार १२:२६ गते २०७६ असार २६, बिहीबार १२:२६ गते २०७६ असार २६, बिहीबार १२:२६ गते

काठमाडौं – पछिल्लो समय फिल्मको लगानी बालुवामा पानी भइरहेको छ । एकदुई छोडेर भन्ने हो भने सबै फिल्मका लगानी डुबेका छन् ।

तर पनि निर्माता निर्देशकले चर्चाका लागि फिल्म निर्माणमा मात्र होइन, शुभ–मुहूर्तमा समेत तडक भडक गर्न छोडेका छैनन् । यस्तै तडक भडक फिल्म ‘म यस्तो गीत गाउँछु २’ले पनि गरेको छ । मंगलबार गोरखाको मनकामना मन्दिरमा शुभ–मुहूर्त भएको यस फिल्मका कलाकार मनकामना मन्दिर हेलिकोप्टर चार्टर गरेर पुगेका छन् ।
फिल्मका निर्देशक सुदर्शन थापा, अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा काठमाडौं देखि हेलिकोप्टर चार्टर गरेर मनकामना पुगेका थिए ।

मुहूर्तमा अभिनेत्री पूजा र पलले नै फिल्मको क्ल्याप ठोकेका थिए । सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यस फिल्मको अशोजदेखि छायाँकनमा जाने बताइएको छ ।फिल्ममा पल र पूजासँगै सलोन बस्नेत पनि मुख्य भूमिकामा रहनेछन् ।रातोपाटी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed