धोनी आउट हुँदा फ्याननै एक्कासी ढलेपछि…

२०७६ असार २६, बिहीबार १२:५० गते २०७६ असार २६, बिहीबार १२:५० गते २०७६ असार २६, बिहीबार १२:५० गते

एजेन्सी । विश्वकपको उपाधि जित्ने सम्भावना देखिएको भारतीय टोली सेमिफाइनलमा पराजित भएको छ । न्यूजिल्याण्डसँग भारत हारेपछि भारतीय फ्यानहरु निरास भएका छन् भने यसै क्रममा खेलाडीहरुको गल्ती खोज्ने कामले पनि तिब्रता पाएको छ ।

खेलको लागि मरिहत्ते गर्ने भारतीयहरुले क्रिकेटलाई खेलमात्र नभएर भावनासँग जोड्ने गरेका छन् । यही स्वभावले बुधबार भारतीय फ्यान श्रीकान्त मैतीको मृत्यु भएको छ ।खेलमा न्यूजिल्याण्डले दिएको लक्ष्य पछ्याउने क्रममा भारतका सुरुवाती ब्याटसम्यानहरु धमाधम आउट भएपनि महेन्द्र सिंह धोनी मैदानमा छउन्जेल भारतको आशा जीवितै थियो । उनको विकेट झरेसँगै भारत हारतर्फ लागेको थियो ।

सम्हालेर खेलिरहेका धोनीलाई न्यूजिल्याण्डका मार्टिन गप्तिलले सिधा थ्रो गर्दै रनआउट पारेका थिए । मोबाइलमा लाइभ हेरिरहेका साइकल पसल संचालक कलकत्ताका श्रीकान्त भारतको आठौं विकेटको रुपमा धोनी आउट भएपछि ढलेका थिए । मुर्छित बनेका उनलाई तत्कालै अस्पताल पु¥याएपनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

अस्वभाविक रुपमा धोनी आउट भएको पिडाले उनलाई आघात पु¥याएको बताईएको छ ।खेल न्यूजिल्याण्डले १८ रनले जितेको थियो । जितसँगै न्यूजिल्याण्ड फाइनल पुगेको छ भने भारत प्रतियोगिताबाट बाहिरिएको छ । सरल पत्रिका

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *