कुखुराको भालेविरुद्ध छिमेकीले हाले मुद्दा

२०७६ असार २६, बिहीबार १२:५५ गते २०७६ असार २६, बिहीबार १२:५५ गते २०७६ असार २६, बिहीबार १२:५५ गते

दुनियाँमा कहिलेकाहीँ पत्याउने नसकिने अनौठा खालका काण्ड हुन्छन् । विश्वको दोश्रो ठूलो जनसंख्या भएको छिमेकी मुलुक भारतमा रोचक खालका काण्डहरु असंख्य भइहन्छन् । केही समय पहिले भारतको महाराष्ट्र राज्यको पूणेमा एकजना महिलाले कुखुरामाथि कारवाहीको माग गर्दै प्रहरीमा उजुरी हालेको खबर आएको थियो ।भारतको यो काण्डलाई माथ दिने घटना युरोपेली शक्तिराष्ट्र फ्रान्समा भएको छ । कुखुरी काँ गर्दै कुखुराको भाले बास्नु प्राकृतिक कुरा हो । तर फ्रान्समा एउटा कुखुराले बासेकै आरोपमा अदालतमा मुद्दाको सामना गर्नुपरेको छ । उक्त भाले कुखुराको नाम मोरिस हो ।

हरेक बिहान सबेरै उक्त भाले कुखुरा जोडसँग बास्ने गरेको र त्यसरी बास्दाखेरी ध्वनि प्रदूषण हुनुका साथै छरछिमेकका मानिसहरूको निद्रा बिथोलिएको आरोप लगाइएको छ । फ्रान्सको इस्ले अफ अल्रनस्थित सेन्ट पियरे द अलरन गाउँमा स्थानीय करिन फेस्सयू नामकी महिलाले घरमा पालेको उक्त कुखुरामाथि छिमेकीले मुद्दा हालेका हुन् ।सन् २०१७ को अप्रिल महिनामा पहिलोपटक ती महिलाका छिमेकीहरुले कुखुरा कराएको भन्दै गुनासो गरेका थिए ।

छिमेकीहरुले कुखुरा बासेर आफूहरुलाई डिस्टर्ब भएको भन्दै कुखुरालाई चुप राख्न भनेका थिए ।तर कुखुरालाई बास्नबाट उनले कसरी रोक्न सक्थिन् र ? जसका कारण छिमेकीहरुले उनको कुखुराविरुद्ध अदालतमा मुद्दा नै हाले । आगामी सेप्टेम्बर ५ तारेखमा उक्त मुद्दामा सुनुवाइ रहेको र सोही दिन फैसला आउने अपेक्षा गरिएको छ ।अनलाइन खबर 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed