हरर चलचित्रको ढाँचामा चलचित्र ‘घर’ ले परिवर्तन ल्याउने – बेनिशा हमाल

२०७६ असार २६, बिहीबार २०:५१ गते २०७६ असार २६, बिहीबार २०:५१ गते २०७६ असार २६, बिहीबार २०:५१ गते

असार २६ – हरर जनरामा निर्माण भएको नेपाली चलचित्र ‘घर’ मा एउटा घरमा रहेका श्रीमान् श्रीमतीले त्यो घरमा भोगेको आत्मासँगको कथालाई प्रस्तुत गरिएको छ ।चलचित्र ‘घर’ लाई लिएर अभिनेत्री बेनिशा हमाल निकै उत्साहित देखिएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा खासै फस्टाउन नसकेकी हमाललाई चलचित्र ‘घर’ ले उकास्ने अपेक्षा गरिएको छ । अभिनेत्री बेनिशा भन्छिन्, ‘यो चलचित्रबाट हामीले दर्शकलाई तर्साउनु छ । यदि दर्शक तर्सिनुभयो भने हामी सफल हुनेछौँ।’

नेपालमा बनिरहेका हरर चलचित्रको ढाँचामा चलचित्र ‘घर’ ले परिवर्तन ल्याउने अभिनेत्री हमालको दावी छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देेशन अर्पण थापाले गरेका हुन् भने शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।चलचित्र ‘घर’ मा लेखक तथा निर्देशक अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल लगायतका कलाकारको मुख्य भूमिका छ । निरज कँडेलको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलपचित्र ‘घर’ आउँदो साउनको ३ गतेबाट देशभर प्रदर्शनमा आउने बताइएको छ ।

उज्यालो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed