एक गुच्छा अङ्गुर १२ लाख रुपैयामा बिक्री ।

२०७६ असार २६, बिहीबार २२:११ गते २०७६ असार २६, बिहीबार २२:११ गते २०७६ असार २६, बिहीबार २२:११ गते

टोकियो, २६ असार। नेपालमा १ किलो अंगुरको कति पर्छ । महँगो अंगुर पनि २०० वा २५० रुपैयाँ प्रति किलोमा पाइन्छ । तर अचम्मको कुरा के छ भने जापानमा एक रातो अंगुरको गुच्छानै १२ लाख येन अर्थात १२ लाख नेपाली रुपैयाँको हाराहारीमा बिक्री भएको छ । यो अंगुरको नाम रुबी रोमन हो । यो आकारमा ठूलो र स्वादमा पनि मीठो र रसिलो हुन्छ । यसको प्रत्येक दानाको वजन २० ग्राम भन्दा पनि बढि हुने गर्छ । अंगुरको यो किसिम जापानको इशिकावा प्रान्तमा खेतीसँग सम्बन्धित सरकारी समितीले तयार पारेको हो ।कनाजावाको थोक बजारमा मंगलबार यो अंगुरको कीर्तिमानी बोली लगाइयो । लीलामीमा यो अंगुरको गुच्छा ह्याकुराकुसो नामको कम्पनीले खरिद गरेको हो । यो कम्पनी जापानमा होटलको कारोबारसँग सम्बन्धित रहेको छ । इशिकावा सहकारी समितिका अनुसार संस्थाले सेप्टेम्बरसम्म रुबी रोमन प्रजातीको यो अंगुरको करीव २६ हजार गुच्छा निर्यात गर्नेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *