असार २४, कुकुरको सुंघ्ने शक्त्ति धेरै हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । हाल मात्र भएको एक अनुसन्धान अनुसार कुकुरले सुंघेर बिशेष प्रकारले क्यान्सर रोग आधुनिक प्रविधि भन्दा पनि राम्रो संग पत्ता लगाउन सक्छ । अनुसन्धान अनुसार कुकुरले सुंघेर फोक्सोको क्यान्सर पत्ता लगाउन सक्छ ।अहिले संसारभर फोक्सोको क्यान्सरको बिरामीहरु दिन प्रतिदिन बढ्दो छ । धुम्रपान सम्बन्धि उत्पादन जस्तै, चुरोट,बिडी हुक्का, ई सिगरेट आदि चिजहरुले फोक्सोको क्यान्सरको खतरा बढाउँछ ।अहिले संसारभर मानिसहरू फोक्सोको क्यान्सरका कारण आपनो ज्यान गुमाईरहेका छन्।
कुकुरले पत्ता लगाउन सक्छ फोक्सोको क्यान्सर
क्यान्सरको पत्ता सुरुवाती अवस्थामा नै लगाउन सकेमा यसको उपचार सजिलो संग गर्न सकिन्छ ।अहिले फोक्सोको क्यान्सर पत्ता लगाउनको लागि सिटी स्क्यान तथा पिटी स्क्यान जस्ता उपकरणहरुको प्रयोग गरिन्छ । यि उपकरणहरु धेरै महंगो हुनुको साथै यस बाट प्राप्त हुने परिणाम पनि त्यति बिश्सनीय हुँदैन। तर हाल मात्र भएको एक अनुसन्धानले भन्दछ , कुकुरले आपनो सुंघ्ने शक्त्तिको प्रयोग गरेर फोक्सोको क्यान्सर सजिलै तथा चाडो पत्ता लगाउन सक्छ ।
कुकुरको सुंघ्ने शक्त्ति मानिस भन्दा दश हजार गुणा बढि
तपाईलाई सायद थाहा नहुन सक्छ कुकुरको सुंघ्ने शक्त्ति मानिसको भन्दा दश हजार गुणा बढि हुन्छ । आस्टियोप्याथिक एशोसियसनको अनुसार कुकुरको सुंघ्ने शक्त्ति उसको नाकमा भएको संबेदनसिल अलक्याक्ट्री सेप्टर तथा अलपयाक्टरी एपिथेलियमको लागि तिन बेग्लै प्रजातीको कुकुरहरुको प्रयोग गरिएको थियो र उनिहरुलाई रगतको नमुना बाट फोक्सोको क्यान्सरको सुंघ्ने तालिम दिएर अनुसन्धान गरिएको थियो ।
कसरी पत्ता लगाउन सक्छ कुकुरले फोक्सोको क्यान्सर ?
यस अनुसन्धानको लागि सबभन्दा पहिला चार वटा कुकुरको प्रजातीलाई आठ हप्ता सम्म तालिम दिइयो । ति मध्ये एउटा कुकुरलाई कुनै समस्याको कारण अनुसन्धानबाट हटाईयो र बाँकी तीन प्रजातीलाई फोक्सोको क्यान्सर पिडित बिरामी तथा स्वस्थ्य मानिसको रगतको नमुना सुंघाईयो । अनुसन्धानकर्ताहरुले ति सबै नमुनाहरुलाई कुकुरले सजिलो संग सुंघ्न सक्ने ठाउँमा राखिदिए ।यसरी अनुसन्धानकर्ताहरुले ति कुकुरलाई पहिले नै यस किसिमको तालिम दिईसकेका थिए।क्यनसर वाला नमुना सुंघे बस्नु तथा स्वस्थ्य छ भने अगाडिजानु कुकुरहरूको जिम्मा थियो।
कुकुरबाट प्राप्त परिणाम कति उपयुक्त्त ?
यस कुराले सबैलाई चकित बनायो।उक्त अनुसन्धान बाट कुकुरले क्यान्सर वाला नमुना को ९७।५ प्रतिशत सहि परिणाम दिए । यस अनुसन्धानपछि अनुसन्धानकर्ताहरुले कुकुरको क्षमतालाई अरु क्यान्सर जस्तै, छातीको क्यान्सर, कोलोरेन्टल क्यान्सर आदी पत्ता लगाउनको लागि पनि प्रयोग गरिराखेका छन्।कुकुर आधुनिक प्रविधिभन्दा पनि उपयुक्त्त साबित भए ।
अनुसन्धानकर्ताहरु बताउछन, कुकुरको सुंघ्ने प्राकृतिक शक्त्ति क्यान्सर पत्ता लगाउन हामीसंग उपलब्ध आधुनिक प्रबिधि भन्दा पनि बढि उपयुक्त साबित भयो ।यस क्षेत्रमा अरु पनि अनुसन्धानको जरुरत छ र हामी यस अनुसन्धान पछि पनि कुकुर द्धारा क्यानसर जस्ता गम्भिर रोगहरुको जाँच गर्नु पर्छ । यसबाट बिरामीहरुलाई सस्तो जाँचको सुबिधा मात्र होईन,यसबाट परिणाम पनि तुरुन्तै पत्ता लाग्दछ ।
Views: 0