भारतमा मोबाइल र इन्टरनेटको लतबाट छुटाउने केन्द्र

२०७६ असार २७, शुक्रबार १२:५१ गते २०७६ असार २७, शुक्रबार १२:५१ गते २०७६ असार २७, शुक्रबार १२:५१ गते

भारत पञ्जावको अमृतसरमा मोबाइल र इन्टरनेटको लतबाट छुटाउने केन्द्र खुलेको छ ।मनोविद डाक्टर जे पालले हिजोआज मोबाइल र इन्टरनेट आम मानिसको लत बन्दै गएको र यसले बालबालिकाको व्यवहार विनाशकारी बन्न थालेको बताउनुभयो । उनीहरुमा आफैलाई हानी गर्ने खालको ब्यवहार पनि बढ्दै गएकाले त्यसलाई कम गर्न केन्द्र उपयोगी हुने डाक्टर पालले बताउनुभयो । केन्द्रमा नियमित रुपमा जाने बालबालिकाको ब्यवहारमा परिवर्तन भइरहेको पनि भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ ।उज्यालो अनलाइन

खुट्टाको दुर्गन्धबाटा बच्नलाई य़ी उपाय अपनाऔ ।।

असार २६ । गर्मीमा पसिना आउनु स्वभाविक तथा सामान्य नै हो । पसिनाबाट शरीरको विकार निस्कने गर्दछ । तर पसिना जब दुर्गन्धमा परिणत हुन्छ अनि तनाब पैदा गर्छ । हरेक व्यक्तिलाई एक स्थानबाट अर्को स्थानमा पुग्नु पर्ने हुन्छ ।धेरै मानिसको खुट्टामा पसिना आउने गर्दछ । जब छालामा अधिक मात्रामा ब्याक्टेरिया सम्पर्कमा आउँछ तब पसिना गन्हाउने गर्छ । गर्मी र जाडोको महिनामा अध्यधिक पसिना आउनाले खुट्टा गनाउँछ । खुट्टा गनाउने डरले धेरै व्यक्तिहरु एक ठाँउबाट अर्को ठाँउमा जान डर मानिरहेका हुन्छन् तर चिन्तित नहुनुस्।यसलाई सजिलै मुक्त गर्न सकिन्छ ।

१. अदुवा र भिनेगर
अदुवा र भिनेगरले खुट्टाको गन्धलाई नियन्त्रण गर्ने काम गर्दछ ।
प्रयोग गर्न तरिका : खुट्टा धुने, त्यसपछि अदुवाको रस लिएर लगाउने र केहि समयपछि मन तातो पानीले खुट्टा धुन सक्नुहुनेछ । अथवा, भिनेगर पानी खुट्टामा लगाउन सकिन्छ २. ल्वेन्डर तेल ल्वेन्डर तेल मिठो बास्ना दिनका साथै ब्याक्टेरिया हटाउन मद्दत गर्ने गर्दछ । यस तेलमा एन्टिफङगलको गुण पाईने गर्दछ, जसले खुट्टाको गन्धलाई नियन्त्रण गर्ने गर्दछ । मन तातो पानीमा ल्वेन्डर तेल मिसाउने र त्यस पानीमा खुट डुबाउने । दिनमा दुई पटक प्रयोग गर्नाले यसले फाईदा गर्दछ ।

३. बेकिङ सोडा
सोडियम कार्बोनेटलाई साधारण शब्दमा बेकिङ सोडा भनेर चिनिने गरिन्छ । खुट्टाको दुर्गन्ध हटाउन बेकिङ सोडा सजिलो उपाय हो । मनतातो पानीमा बेकिङ सोडा मिसाउने र १५ २० मिनेटको लागि खुट्टा डुवाउनाले खुट्टाको गन्धलाई नियन्त्रण गर्ने गर्दछ ।४. खुट्टालाई सफा राख्ने सबैभन्दा महत्वपूर्ण भनेको खुट्टा सफा राख्नु हो । फोहोरको कारणले खुट्टा गनाउने गर्दछ । त्यसैले निरन्तर रुपमा खुट्टा धुने गर्नुहोला ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *