३० रोटी खाने सलमान अहिले भन्छन् , खाना सुँघ्दा पनि वजन बढ्छ

२०७६ असार २७, शुक्रबार १८:४६ गते २०७६ असार २७, शुक्रबार १८:४६ गते २०७६ असार २७, शुक्रबार १८:४६ गते

काठमाडौं । बलिउडमा भाइजान भनेर चिनिने सलमान खान आफ्नो फिल्मका साथै फिटनेसका लागि पनि चिनिन्छन् । उनले धेरै स्टारहरुलाई ट्रेनिङ पनि दिएका छन् । ५३ वर्षको भइसकेका सलमान आफ्नो फिटनेसको मामिलामा निकै सचेत छन् । सलमान खान अहिले आफ्नो फिटनेसका लागि विभिन्न प्रयास गरिरहेको भिडियो तथा तस्वीर सार्वजनिक हुने गरेको छ । कुनै समय यस्तो पनि थियो, जतिबेला सलमान खान निकै दुब्ला थिए । उनी आफ्नो तौल बढाउन फिल्म सेटमा नै ३०-३० रोटी खान्थे ।

सलमान बलिउड प्रवेश गर्दा निकै दुब्ला थिए । एक अन्तर्वार्ताको क्रममा उनले आफूले त्यतिबेला तौल बढाउन ठूलो संघर्ष गरेको उल्लेख गरेका छन् । उनले मैंने प्यार किया फिल्मको सेटमा ३० रोटी र उल्लेख्य केरा पनि खान्थे । तर, अहिलेको अवस्था भने फेरिएको छ । उनी अहिले खाना सुँघेमा पनि वजन बढ्ने गरेको बताउँछन् । अहिले निकै सम्हालिएर खाना खाने गरेको उनले बताए । उनले सुल्तान र भारत फिल्मका लागि निकै कम समयमा वजन घटाउने र बढाउने दबाब पूरा गरेको उनले बताए ।त्यसका लागि उनले १५ किलो तौल बढाउने र घटाउने प्रयास गर्नुपरेको बताएका थिए ।हाम्रा कुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed