पाल्पामा झाडापखलाबाट एउटै गाउँका ५० भन्दा बढी बिरामी

२०७६ असार २७, शुक्रबार २०:५८ गते २०७६ असार २७, शुक्रबार २०:५८ गते २०७६ असार २७, शुक्रबार २०:५८ गते

पाल्पा : रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको मौरान र अर्चलेका ५० भन्दा वढी मानिस झाडापखला लागेर विरामी परेका छन्। विरामी मध्य ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल पाल्पाका प्रमुख डाक्टर पुष्प ज्ञवालीले बताए। उनका अनुसार बिहिबार दिउँसो ४ जनालाई सामान्य झाडापखला लागेको थियो।

शुक्रबार बिहानदेखि सिंगो गाउँकालाइनै झाडापखलाले ग्रस्त पारेको डाक्टर ज्ञवालीले बताए। अहिले जिल्ला अस्पताल पाल्पाका डाक्टर गगन अधिकारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले विरामीको उपचार थालेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकार माधव प्रसाद ज्ञवालीले बताए। उनका अनुसार विरामीको अवस्थालाई ख्याल गरेर सलाइन चढाउनुका साथै जीवनजल खुवाउने काम भइरहेको छ।

विरामी मध्य चारजनालाई थप उपचारका लागि तानसेन स्थीत युनाइटेड मिशन अस्पताल लाइएको सूचना अधिकारी ज्ञवालीले बताए।

‘अहिले पनि झाडापखला नियन्त्रण बाहिर रहेको छ’ उनले भने, ‘तर आत्तिनुपर्ने अवस्था भने छैन्। दूषित पानीको कारण झाडापखला लागेको हुनसक्ने अनुमान गरिए पनि यथार्थ कारण यकिन हुन सकेको छैन्।’

स्वास्थ्यकर्मीको टोली शुक्रबार साँझ सातबजे घट्नास्थल पुगेको हो। झाडापखला लागेका बिरामीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ। मौरानमा बिरामी भएका मध्ये अधिकांश कुमाल समुदायका रहेका छन् भने अर्चलेमा ब्राम्हण, दलित र जनजाती परिवाराका रहेको सूचना अधिकारी ज्ञवालीले बताए।थाहा खबर बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed