अपडेटः अविरल वर्षाले मर्नेको संख्या पुग्यो १७

२०७६ असार २७, शुक्रबार २१:०१ गते २०७६ असार २७, शुक्रबार २१:०१ गते २०७६ असार २७, शुक्रबार २१:०१ गते

काठमाडौं, २७ असार । अविरल वर्षाले देशभर १७ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका अनुसार २६ असार देखि निरन्तर वर्षाका कारण बाढी र पहिरोले १७ जनाको मृत्यु भएको हो । घटनामा दर्जनौ वेपत्ता तथा घाइते भएका छन् । प्रहरीले बाढी प्रभावित स्थानहरुमा उद्दार जारी राखेको जनाएको छ ।

प्रहरीका अनुसार बाट काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, रौतहट, धनुषा, चितवन, उदयपुर, पाँचथर, मकवानपुर, खोटाङ, दोलखा, धनकुटा, धादिङ, भोजपुर लगायत देशभरका विभिन्न स्थान प्रभावित भएका छन् ।

यसैगरी, गृह मन्त्रालयले क्षति बढिरहेको जनाएको छ ।

क्षतिको थप विवरण आउन बाँकी रहेको छ । अविरल वर्षाले नदीहरुको बहाव खतराको सूचीभन्दा माथि पुगेको छ ।

रिपोर्टर्स नेपाल

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed