–बाढीको जानकारी लिन पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर बुझ्नुपर्छ ।–पूर्व र मध्य तराई क्षेत्रका नदीहरूमा जलको बहावस्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद् मीनकुमार अर्यालले आग्रह गरेका छन् ।
– देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भएकाले स्थानीय ठाउँमै विकल्प खोज्ने किसिमको योजना बनाई उच्च सतर्क रहन उनले सुझाव दिएका छन् ।– मौसमविद्का अनुसार बाढीबाट जोगिन नदी तटीय क्षेत्रमा बस्न हुँदैन ।
–गाउँ र बस्तीमा बाढी आएमा उचो भूभागमा जानुपर्छ ।–समूहमा बस्नुपर्छ ।–उचो भूभागमा जाने ठाउँ छैन भने आफ्नो घरको माथिल्लो भागमा बस्नुपर्छ ।–जल तथा मौसम पूर्वानुमान विभागले २४सै घण्टा मौसमी गतिविधि अपडेट गरिरहेको हुनाले त्यसको जानकारी लिनुपर्छ ।–सञ्चारमाध्यबाट आएको सूचनालाई आधार मानेर सतर्क भएर बस्नुपर्छ ।
–सुरक्षित ठाउँको पहिचान पहिले नै गर्ने र बाढी आइहाले त्यो ठाउँमा जानुपर्छ ।–ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ ।–पहिले पहिरो गएका ठाउँमा फेरि पनि पहिरो जाने सम्भावना धेरै हुने भएकाले त्यस्ता ठाउँको पहिचान गर्नुपर्छ ।–रातमा ठूलो पानी परिरहे जागै बस्नुपर्छ ।
Views: 0