शनिबार र आइतबार भारी वर्षा हुनसक्छ : मौसमविद

२०७६ असार २८, शनिबार ०८:११ गते २०७६ असार २८, शनिबार ०८:११ गते २०७६ असार २८, शनिबार ०८:११ गते

काठमाडाैं । मौसम पूर्वानुमान महशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार शनिबार विशेष गरेर पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ । पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा ठूलो भारी वर्षासमेत हुने अनुमान गरिएको छ । त्यस्तै, देशका केही स्थानमा हावाहुरीको सम्भावना पनि देखिएको छ ।

आइतबार मौसमविद् अर्यालका अनुसार आइतबार दिउँसो देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ । खासगरी पूर्वी, पहाडका केही ठाउँमा भारी वर्षा हुनेछ । आइतबार राति पनि प्रायः सबै क्षेत्रमा व्यापक वर्षा जारी रहनेछ । पूर्व र मध्य क्षेत्रका पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षा हुनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed