भोलि सार्वजनिक बिदा

२०७६ असार २८, शनिबार २२:१४ गते २०७६ असार २८, शनिबार २२:१४ गते २०७६ असार २८, शनिबार २२:१४ गते

दमौली-तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरकार्यपालिकाको बैठकले नगरपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको भानु नगरपालिकाका वरिष्ठ अधिकृत एवं सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिए। भानुभक्तको सम्मानस्वरुप नगरपालिकाभित्र सार्वजनिक बिदा दिइएको नगरप्रमुख उदयराज गौलीले दिए ।lokaantar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed