सिरिया आक्रमणमा ६ बालबालिका र १४ सर्वसाधारणको मृत्यु

२०७६ असार २८, शनिबार २२:१८ गते २०७६ असार २८, शनिबार २२:१८ गते २०७६ असार २८, शनिबार २२:१८ गते

बेरूत, लेबनान- उत्तरपश्चिमी सिरियामा सरकारी सुरक्षा फौजको आक्रमणमा परी कम्तीमा एक शिशुसहित ६ बालबालिकाको मृत्यु भएको सिरियाली अधिकारवादी समूहहरूले जनाएका छन्। लामो समयपछि शुक्रबार राति विस्थापितको स्वदेशी भूमिमा रहेको शिविरमा गरिएको हवाई आक्रमणमा उनीहरूसहित कुल १४ जनाको मृत्यु भएको सिरियाली मानव अधिकार अनुगमन समूह (सिरियन अव्जरर्भेटरी फर ह्युमन राइट्स)ले शनिबार बताएको छ।

इदलीव क्षेत्रको खान शैखोउन शहर नजिकै रहेको शिविरमा भएको उक्त शिविरममा हामा क्षेत्रबाट आएका द्वन्द्व प्रभावित बूढाबूढी, महिला तथा बालबालिकाहरू बस्ने गरेका पनि उक्त समूहले दाबी गरेको छ। यसको केहीघण्टा पहिले हवाई कारबाहीमा इदलीवमा नै एक यूवा तथा उनकी गर्भवती श्रीमतीको पनि मृत्यु भएको थियो।

रूसी तथा सिरियाली सैनिक विमानले अप्रिलको अन्त्यपछि अहिलेसम्म गरेका हवाई कारबाहीमा कम्तीमा ५ सय ९० जना सर्वसाधारण र ४५ जना विद्रोही लडाकूको मृत्यु भएको एएफपीका सिरिया सम्वाददाताले सिरियन अव्जरर्भेटरी फर ह्युमन राइट्सलाई उद्धृत गरी जानकारी गराएका छन्।

उक्त क्षेत्रमा पूर्व अल्कायदा समर्थक सिरियाली विद्रोही हायत तहरिर अल-साम रहेको भन्दै सरकारी सेनाले सुरक्षा कारबाहीलाई जारी राखेको छ। सिरियाली विद्रोहीको आश्रयस्थल मानिने उक्त क्षेत्रलाई युद्ध निषेधित क्षेत्र घोषणा गरिए पनि यसको अर्थ पूर्ण रूपमा पालना हुन सकेको छैन।नेपाल लाइभ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed