बाढी पहिरोमा परी मर्नेको संख्या पुग्यो ४८ , ३५ बेपत्ता

२०७६ असार २९, आईतवार ११:५५ गते २०७६ असार २९, आईतवार ११:५५ गते २०७६ असार २९, आईतवार ११:५५ गते

काठमाडौं । अविरल वर्षासँगै मुलुकका विभिन्न भागमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ भने ३५ जना बेपत्ता छन् । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार, काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा ८ जनाको मृत्यु भएको छ । यसैगरी प्रदेश १ मा १७, प्रदेश २ मा ७, प्रदेश ३ मा १२, प्रदेश ५ मा २ र प्रदेश ६ मा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा महिला २१ र पुरुष २७ जना छन् ।

बाढी पहिरोमा परी ३५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरूमा काठमाडौं उपत्यकामा २ जना रहेका छन् । यसैगरी, प्रदेश १ मा १०, प्रदेश २ मा ५, प्रदेश ३ मा ७ र प्रदेश ६ मा ११ जना छन् । प्रहरीका अनुसार काठमाडौंमा ३ र ललितपुरमा ५ जनाको ज्यान गएको छ । यसैगरी, खोटाङमा ३, इलाममा १, झापामा २, उदयपुरमा १, भोजपुरमा ५, ओखलढुंगामा ४, पर्सामा १, बारामा २, रौतहटमा १, सिरहामा १ र धनुषामा २ जनाको मृत्यु भएको छ । प्रदेश ५ अन्तर्गत पाल्पा र दाङमा एक एक गरी जम्मा दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशको डोल्पामा पनि २ जनाको मृत्यु भएको तथ्यांक छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *