शिक्षकलाई ५० वर्षमै अवकास

२०७६ असार २९, आईतवार ११:५९ गते २०७६ असार २९, आईतवार ११:५९ गते २०७६ असार २९, आईतवार ११:५९ गते

काभे्रपलाञ्चोक । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न काभ्रे मन्डनदेउपुर नगरपालिकाको नगरसभामा शिक्षकको उमेर हदम्याद ५० वर्ष रहने विशेष प्रस्ताव पारित भएको छ । सेवा सुरु गरेको २५ वर्ष वा ५० वर्ष उमेर कटेका शिक्षकलाई बिदाइ योजनासँगै नगरले पाँचौं नगरसभाले विशेष प्रस्ताव पास गरेको हो । नगरसभामा प्रमुख टोकबहादुर वाइबाले सामुदायिक विद्यालयमा शिक्षामा सुधार गर्नका लागि २५ वर्ष सेवा अवधि पुगेको र ५० वर्ष उमेर नाघेका शिक्षकले अवकास लिए १ लाख रुपैया“ प्रोत्साहन रकम दिने प्रस्ताव पेस गरेकोमा सर्वसम्मत पारित भएको हो ।

यसअघि, संघ सरकार र प्रदेश सरकारले समेत शिक्षक दरबन्दी मिलान गर्न नसकेको अवस्थामा मन्डनदेउपुर नगरपालिकाले शिक्षकको दरबन्दी मिलान गरेर राष्ट्रिय रूपमा चर्चा कमाएको थियो । अब सामुदायिक विद्यालयको स्तर उकास्न प्रविधि बुझेका युवालाई शिक्षण पेसामा आबद्ध गराउन ५० वर्ष हदम्याद ल्याएको प्रमुख वाइबाले बताए ।त्यस्तै, प्रोत्साहन रकम दिएर स्वास्थ्य स्वयंसेविकालाई समेत ५५ वर्ष उमेर हदम्याद राख्ने प्रस्ताव पारित गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *