सिड्नीमा नेपाली विद्यार्थी आफ्नै कोठामा मृत फेला

२०७६ असार २९, आईतवार १२:०६ गते २०७६ असार २९, आईतवार १२:०६ गते २०७६ असार २९, आईतवार १२:०६ गते

सिड्नीमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी स्वदेश सेढाई मृत फेला परेका छन्। नेपालीसँग सिड्नीकाे गिलफोर्डमा बस्दै आएका २१ वर्षीय सेढाई आफ्नै कोठाको लुगा राख्ने दराजभित्र मृत फेला परेका हुन्। सेढाई सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा ब्याचलर अफ कम्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थी हुन्। अबेर रातिसम्म ठीक अवस्थामा देखिएका सेढाई बिहान अबेरसम्म नउठेपछि काेठामा हेर्दा मृत भेटिएका थिए। आत्महत्या गरेको प्रारम्भिक अनुमान रहे पनि सत्यतथ्य विवरण अनुसन्धान पश्चात नै खुल्न सक्ने प्रहरीले जनाएकाे छ। हाल उनको शवलाई लिडकमस्थित मोर्गमा राखेको र आवश्यक कानुनी कारबाहीपश्चात आफन्तलाई शव बुझाउने सम्बन्धित निकायले जनाएकाे छ। मृतकका परिवारलाई एनआरएनए तथा झापाली समाज अस्ट्रेलियाले आवश्यक सहयोग गर्न बताइएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *