गिजाबाट रगत आउनुको कारण जान्नुहोस् ।

२०७६ असार २९, आईतवार २०:४९ गते २०७६ असार २९, आईतवार २०:४९ गते २०७६ असार २९, आईतवार २०:४९ गते

समस्याको मात्रा, तथ्यांक र खोज अनुसन्धानलाई आधार मान्दा दाँतको समस्या विश्वमै बढी छ। विश्व स्वास्थ्य संगठनअनुसार विश्वका ७ अर्ब जनसंख्यामध्ये पौने ७ अर्ब दाँतको रोगबाट पीडित छन्। अधिकांश मुलुकमा वयस्कदेखि स्कुले बालबालिका ९० प्रतिशत दन्तरोगी छन्। विकसित मुलुकमा प्रति २ हजार जनसंख्यामा १ र विकासोन्मुख राष्ट्रमा प्रतिसाढे १ लाख जनसंख्यामा १ जना दन्तचिकित्सक उपलब्ध छन्। नेपालमा हरेक ६४ हजारभन्दा बढी जनसंख्यामा १ दन्तचिकित्सक छन्। गाउँघरमा गिजासम्बन्धी रोग, दाँत खिइने रोग प्रमुख रूपमा देखा पर्छ भने सहर बजारमा दाँत किराले खाने र मुखमा नराम्रा खैरा, सेता वा राता दाग, धब्बा तथा पत्र पर्छन् मुख, गिजा वा दाँतमा जम्मा भएको फोहोर शरीरको अन्य अंग/प्रत्यंगमा भएको रोग वा असामान्य अवस्था र सेवन गरिएको औषधिको नकारात्मक असर पनि पर्न सक्छ। यो असामान्य अवस्थाको संकेत हो। उपचारमा ढिला गर्‍यो भने जटिल अवस्था आउँछ। यसको लक्षण बिरामी आपैंm वा चिकित्सकले सजिलैसँग थाहा पाउन सक्छन्।

कारण

गिजामा चोटपटक लागे, कडा ब्रस प्रयोग गगर्दा वा टुथ पिकको प्रयोगले अर्थात् ज्यादै तातो वा चिसोको सेवन गर्दा र केही रासायनिक वा औषधि खाँदा पनि रगत आउन सक्छ। उक्त अवस्थाको उपचार नहुँदासम्म वा घाउ खटिरा निको नहुँदा गिजाबाट रगत आउँछ। यो समस्या केही समयसम्मका लागि मात्र हुने गर्छ।

त्यस्तै, गिजाको दीर्घकालीन सुजन क्रोनिक जिन्जाइभाइटिसले गर्दा पटक–पटक यो समस्या देखा पर्ने गर्छ। दाँत सफा गर्दा, ब्रस गर्दा, टुथ पिक, डेन्टल फ्लस प्रयोग गर्दा, खाना अड्केमा, कडा ठोस खाद्य पदार्थ टोक्दा, चपाउँदा र कहिलेकाहीँ बोल्दा, जिब्रो चलाउँदा पनि गिजाबाट रगत आउँछ। यस्तो समस्या लिएर आउने बिरामी लगभग ९५ प्रतिशत दीर्घकालीन गिजा सुजन नै हुने गरेको पाइन्छ। बीचमा यो समस्या कम हुने/हराउने भएकाले रोग निको भयो भनेर उपचार तथा सल्लाह नै नलिने बानी तथा मानसिकताले पनि भित्रभित्रै रोग बढ्ने गर्छ।

निम्न कारणले गिजाबाट रगत आउँछ

शिरा धमनीको असामान्य अवस्थामा : भिटामीन सी को कमी, शिरा धमनीको एलर्जी हँुदा रगत आउँछ।

प्लेटलेटको असामान्य अवस्था : प्लेटलेटको संख्यामा कमी वा बढी, प्लेटलेटको कार्यमा अक्षमताका कारण रगत आउँछ।

भिटामिन के को कमी : कलेजोसम्बन्धी रोग, स्प्रु भई भिटामिन के को कमीले रगत जम्न आवश्यक पर्ने प्रोथोम्बीनको कमी भई रगत आउने गर्छ।

रगत जम्ने प्रक्रिया, कोगुलेसनमा कमजोरी : हेमोफिलिया, ल्युकेमिया, डेगुजस्ता रोगमा रगत जम्ने प्रक्रियामा परेको असरले पनि गिजाबाट रगत आउने गर्छ।

प्लेटलेट थ्रोम्बो प्लास्टिक तत्त्व, पी.एफ.३ को कमी : युरेमिया, मल्टिपल माइलोमा, प्रोटुवेला परपुरा रोगीमा यो तत्वको कमी देखिन्छ र गिजाबाट रगत आउने गर्छ।

औषधिको प्रयोग बढी भएमा : एस्प्रिन, हेपारिन, डाइकुम्यारोलको मात्रा रगतमा बढी भए पनि गिजाबाट रगत आउने गर्छ। साथै, पटक–पटक महिनावारी भइरहने र मासिक स्राव बढी हुने महिलामा पनि उक्त समयमा वा अन्य समयमा गिजाबाट रगत आउन सक्छ।

(वरिष्ठ कन्सल्ट्यान्ट दाँत एवं मुख रोग विशेषज्ञ, वीर अस्पताल तथा प्रमुख मुख स्वास्थ्य, नेपाल सरकार ) डा. प्रकाश बुढाथोकी annapurnapost

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed