उद्दार तथा राहतमा संलग्न हुन सबैमा आह्वान – राष्ट्रपति

२०७६ असार २९, आईतवार २१:१६ गते २०७६ असार २९, आईतवार २१:१६ गते २०७६ असार २९, आईतवार २१:१६ गते

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा सहानुभूतिसहित समवेदना व्यक्त गर्नुभएको छ ।

उहाँले प्राकृतिक विपद्को यस दुःखद घडीमा पीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, राहत वितरण र बेपत्ता भएकाको खोजीमा राज्यका संयन्त्रलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक सङ्घसंस्था र समुदायलाई आवश्यक समन्वय तथा सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन राष्ट्रपतिले आह्वान गर्नुभएको छ ।

साथै उहाँले भविष्यमा आइपर्ने यस प्रकारका प्राकृतिक प्रकोपबाट बच्न आवश्यक पर्ने सावधानी अपनाउन आमजनता र सम्बद्ध सबैको ध्यानाकर्षण गराउनु भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *