गुल्मी – गुल्मीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जना विद्यार्थी नेताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ‘विप्लव’ समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन गुल्मीका जिल्ला सचिव बिष्णु वि.क र सदस्य राज खड्का रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिनुभयाे ।
सोमबार बिहान सदरमुकाम तम्घासमा रहेकाे महेन्द्र माध्यमिक विद्यालयमा संगठन बिस्तारका क्रममा रहेका उनीहरुलाई विद्यालय परिसरबाट पक्राउ गरिएकाे खड्काले बताउनुभयाे । उनीहरु विद्यालयमा संगठन बिस्तार गर्न सोमबार बिहान विद्यालय पुगेका थिए । पक्राउ परेका विद्यार्थी नेताहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।उज्यालो अनलाइन
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0