अबको फिल्ममा अनमोल हिरो, म भिलेन’ -नायक भूवन केसी

२०७६ असार ३०, सोमबार १२:१७ गते २०७६ असार ३०, सोमबार १२:१७ गते २०७६ असार ३०, सोमबार १२:१७ गते

नायक भूवन केसीले आफ्नै होम प्रोडक्शनमा बन्न लागेको नयाँ चलचित्रमा आफू भिलेनको अवतारमा देखिन लागेको खुलाएका छन् ।

आइतबार बेलुकी काठमाण्डौमा आयोजना भएको चलचित्र ‘मिस्टर नेपाली’को इन्डक्ल्याप कार्यक्रममा आफ्नो फेरिदो गेटअपको बिषयमा बोल्दै भूवनले भने–‘अहिले हामी हाम्रो होम प्रोडक्शनको नयाँ चलचित्रको तयारी गरिरहेका छौ । जहाँ, नायक अनमोल केसी लभर ब्वाइको भूमिकामा देखिदैछन् । म भने पूर्ण रुपमा भिलनेको अवतारमा देखिदैछु ।’

नायक केसीले यसका लागि फूलेको लामो दाह्री पाल्न लागेको जानकारी दिए । भूवनको गेटअप पनि अहिले परिवर्तन भएको छ । चलचित्र ‘ए मेरो हजुर ३’ सुपरहिट भएपछि नायक अनमोल केसी अहिले मौन छन् ।

उनले, आफू कतै नहराएको तर नयाँ अन्वेषण गरिरहेको खुलाएका छन् । भूवनका अनुसार, अनमोल र उनको मुख्य भूमिका रहने चलचित्रको छायांकन तिहारपछि सुरु हुँदैछ ।

यो चलचिलाई एफडी कम्पनीले वितरण गर्ने पनि पक्का भैसकेको छ । भूवनले एफडीसँग वितरणको बिषयमा आइतबार नै संझौता समेत गरेका छन् ।अनलाइन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed