लहानमा मुसहर बस्ती डुव्नमा

२०७६ असार ३०, सोमबार १८:५९ गते २०७६ असार ३०, सोमबार १८:५९ गते २०७६ असार ३०, सोमबार १८:५९ गते

सिरहा- निरन्तरको वर्षाले नहरमा जम्‍मा भएको पानी फुटेपछि लहान नगरपालिका-१ मिलन चोकस्थित मुसहर बस्ती डुबानमा परेको छ।

बस्तीमा पानी पसेपछि त्‍यहाका स्थानीहरुहरुलाइ सशस्त्र प्रहरी बल लहानका डिएसपी प्रेम बहादुर रावल नेतृत्वको टोलीले उद्धार गरेको छ। डिएसपी रावलका अनुसार मुसहर बस्ती ३६ परिवारका १५० जनाको उद्दार गरिएको हो।

उनीहरुले बिहान ६ बजेदेखि ९ बजेसम्‍म बस्तीका स्थानीयहरुलाइ उद्दार गरेका थिए। उद्धारपछि उनीहरुलाइ त्‍यहास्थित आधारभूर प्राथमिक विद्यालय मटेर्वावा राखिएको छ भने उनीहरुलाइ तत्काल राहत स्वरुप चाउचाउ, भुजिया, मिनरल वाटर र कपडाहरु दिइएको छ।

देशभर बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या सोमबारसम्म ६७ जना पुगेको छ। मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेको नेपाल प्रहरीले जनाएको छ।

यस्तै नेपाल प्रहरीका अनुसार बाढी पहिरोबाट घाइते हुनेहरुमा ४३ जना (२० जना महिला र २३ जना पुरुष), ३० जना बेपत्ता भएका छन् भने १४ सय ४६ जनाको सकुशल उद्धार गरिएको छ।

deshsanchar बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed