दाङ-अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले चालु आर्थिक बर्षमा १८ जना व्यक्तिलाई घुस रकमसहित पक्राउ गरेको छ। आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले दाङ, बाँके र बर्दिया गरी तीन जिल्लामा भ्रष्टाचार नियन्त्रणका लागि काम गर्दै आएको छ।सर्वसाधरण देखी सरकारी कार्यालयका प्रमुख समेत घुस रकम सहित रंगेहात पक्राउ परेको सम्पर्क कार्यालयका प्रमुख उपसचिब गणेश गैरेले जानकारी दिए।
आयोग र प्रहरीको टोलीले दाङमा एक जना प्रहरी र अन्य दुई जना सर्बसाधारणलाई घुस रकम सहित पक्राउ गरी अदालतमा मुद्धा दर्ता गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी हवल्दार पूर्णआकाश दिप सिंहसँगै सर्वसाधारण सुनिल न्यौपाने र अर्का तेजबहादुर गिरीलाई स्ट्रिङ अप्रेशन मार्फत घुस रकम सहित पक्राउ गरी विषेश अदालतमा मुद्धा दायर गरिएको उप सचिब गैरेले बथाए र त्यस्तै बाँकेबाट ७ वटा घटनामा ११ जना घुस रकम सहित पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगञ्जका प्रमुख विनोदकुमार श्रीवास्तब, नेपालगञ्ज भन्सार कार्यालयका नायब सुब्बा लक्ष्मणबहादुर चन्द रहेका छन्।
त्यस्तै, नेपालगञ्ज सब डिभिजन वन कार्यालयका रेन्जर जगविर खत्री, फरेष्टरहरु बहादुर केसी, केशबबहादुर वली र वन रक्षक हरिबहादुर चन्दलाई अख्तिायारले घुस रकम सहित पक्राउ गरेको हो। यसैविच बाँके मालपोतका खरिदार संजय कुमार ठाकुर, नेपालगञ्ज बसपार्क अस्थायी प्रहरी पोष्टका हवल्दार गोविन्द नेपाली, उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जका नायब सुब्बा कृष्णकुमार पाठक, लामीडाँडा वन उपभोक्ता समुह राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष टीकाराम कामी र दिपक खुनालाई पनि अख्तियारको टोलीले घुस रकम सहित पक्राउ गरेर मुद्धा दायर गरेको जनाएको छ।
यसैगरी बर्दियामा राजापुर नगरपालिका वडा नम्बर १० का सदस्य उत्तम चौधरी, इलाका प्रहरी कार्यालय मैना पोखरीका प्रहरी निरीक्षक गणेशसिंह मेहता र गुलरीया नगरपालिकाका सब इन्जिनियर रमेशकुमार गौतमलाई अख्तियारको टोलीले घुस रकम सहित पक्राउ गरेको जनाएको छ। यसैविच अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक बर्षमा १ सय ११ भ्रष्टाचारका उजुरी परेको छ।ती मध्य ५३ वटाको छानविन सकिएको र ५८ वटा उजुरी माथि आवश्यक अनुसन्धान र छानविन भैरहेको कार्यालय प्रमुख गैरेले बताए।देश संचार
Views: 0