सोमबार दिउँसो वर्षा सहित आएको हावाहुरीले रुपन्देहीको रोहिणीमा डेढ दर्जन घरमा क्षति पुर्याएको छ। हुरीले १६ वटा घरको छानो उडाए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले दिएको जानकारी अनुसार रोहिणी गाउँपालिकाको वडा नम्बर २ को मैनिहवा, लखनौतिया, खोखरहनी, वडा नम्बर ७ को टिकर, पर्सामा हुरीले नोक्सान गरेको छ। हुरीका कारण यी ठाउमा १६ वटा घर गोठका छाना उडेका छन्।
हावाहुरीले कतिपय रुखहरु समेत जराबाटै उखेलिएका छन्। हुरी प्रभावित क्षेत्रमा अहिले इलाका प्रहरी कार्यालय धकधई, जिल्ला प्रहरी कार्यालय रुपन्देही लगायतको टोलीले उद्दार गरेको प्रहरी उपरिक्षक थापाले जानकारी दिए । सेतो पाटी
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0