काठमाडौं । मंगलबार राति यस वर्षको दोस्रो चन्द्रग्रहण लाग्दैछ । यो आशिंक चन्द्रग्रहण हो । यो चन्द्रग्रहण राति पौने २ बजे शुरु भएर पौने ५ बजेसम्म जारी रहनेछ ।सन् २०१९ को पहिलो चन्द्रग्रहण जनवरी २० र २१ को बीचको राति लागेको थियो । यो खग्रास चन्द्रग्रहण थियो । यो चन्द्रग्रहण नेपालबाट भने देखिएको थिएन ।मंगलवारको चन्द्रग्रहणलाई वैज्ञानिकले हाल्फ ब्लड थन्डर मून इक्लिप्स नाम दिएका छन् । यसको आकार रातो देखिने भएकोले यसलाई यस्तो नाम दिइएको हो । चन्द्रमाको आकार पनि अन्य दिनको तुलनामा निकै ठूलो देखिन्छ । खगोल विज्ञानमा चासो राख्ने मानिसका लागि यो निकै मनोरम दृश्य हुनेछ ।
यो ग्रहण नेपाल, भारत, अष्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका, एसिया र युरोपको अधिकांश हिस्सामा देखिनेछ । विज्ञानका अनुसार चन्द्रमा, पृथ्वी र सूर्य एकआपसमा सीधा रेखामा भएको खण्डमा ग्रहण लाग्छ । यदि सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आएको खण्डमा त्यसको छायाँ चन्द्रमामा पर्छ र चन्द्रमा देखिँदैन । यो अवस्थालाई चन्द्रग्रहण भनिन्छ ।खगोल वैज्ञानिकका अनुसार मंगलवार राति लाग्ने ग्रहण सन् २०१९ को अन्तिम चन्द्रग्रहण हो । ज्योतिषका अनुसार यो ग्रहणको प्रभावले प्राकृतिक विपत्तिको कारण व्यापक क्षतिको आशंका गरिएको छ । यसअघि सन् १८७० जुलाई १२ मा गुरुपूर्णिमाको दिनमा चन्द्रग्रहण लागेको थियो । त्यसयता यस्तो भएको थिएन ।हाम्रा कुरा
र यो पनि : बालबालिकाको आँखासम्बन्धी जटिल समस्या
महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा स–साना उमेरका बालबालिकामा आँखासम्बन्धी जटिल समस्या भेटिएको छ । नगरपालिकाको सहकार्यमा महाकरुणा समाज नेपालले सञ्चालन गरेको बुद्ध आँखा केन्द्रले पछिल्लो एक महीनाको अवधिमा गरेको विद्यालय केन्द्रित आँखा परीक्षणमा यस्तो समस्या पाइएको हो ।बुद्ध आँखा जाँच केन्द्रले एक महीनाको अवधिमा जाँच गरेका एक हजार ७४६ मध्ये एक हजार १४९ विद्यालयमा अध्ययन गरिरहेका छात्रछात्रा रहेका छन् । गत जेठ ४ गते स्थापना भएर सेवा शुरु गरेको केन्द्रले स–साना नानीहरुमा अल्छी आँखा हुने, एउटा आँखा कम देख्ने, आँखा डेढो हुने, आँखामा मासु पलाउने र केहीमा त जन्मँदै मोतियाविन्दुसमेत पाइएको जनाएको छ । यसबाहेक आँखा सुकेर दृष्टिविहीन भएको, आँखाको नानीमा खत भएर दृष्टि गुमाएका र सुक्खा आँखाको समस्या बाक्लै भेटिएको केन्द्रका अध्यक्ष डा नवराज गौतमले जानकारी दिए ।
सबैभन्दा बढी आँखा सुक्खा हुने समस्या पाइएको केन्द्रले जनाएको छ । सानो उमेरमा आँखाको देखभाल र आवश्यक उपचारबारे उदासीनता अपनाइँदा पछि जटिल समस्या बन्दै गएको डा गौतमको भनाइ छ । नगरपालिकाको सहकार्यमा सञ्चालित केन्द्रले नगर क्षेत्रभित्रका सबै विद्यालयका छात्रछात्रा र नगरको वडा समितिले सिफारिस गरेका बिरामीलाई निःशुल्क आँखा परीक्षण गर्दै आएको छ । केन्द्रलाई उच्चस्तरीय विशेषज्ञ सेवा प्रदान गर्ने आँखा उपचारको मुख्य केन्द्रको रूपमा विकास गरिने केन्द्रले प्रतिबद्धता जनाएको छ ।यसैबीच नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले केन्द्रलाई आँखासम्बन्धी अध्ययन अनुसन्धानको भरपर्दो केन्द्र बनाउन सहयोग जारी राखिने जनाएका छन् । गत जेठ ४ गते बुद्ध पूर्णिमाका अवसरमा नगरपालिकाको सहकार्यमा केन्द्र सञ्चालनमा आएको हो ।
Views: 0