सय बढी गाउँँ पहिरोको उच्च जोखिममा

२०७६ असार ३१, मंगलवार १२:५३ गते २०७६ असार ३१, मंगलवार १२:५३ गते २०७६ असार ३१, मंगलवार १२:५३ गते

काठमाडौं । मुलुकका विभिन्न भागमा परेको अविरल वर्षाका कारण भूकम्प प्रभावित १८ जिल्लाका सय बढी गाउँँ पहिरोको उच्च जोखिममा परेका छन् । ती गाउँका १ हजार ८ सय परिवार पहिरोको जोखिमका कारण पानी पर्दा रातभर जाग्राम बस्न बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिरोको उच्च जोखिममा रहेका सयभन्दा बढी गाउँका १ हजार ८ सय परिवारलाई समयमा नै अन्यत्र स्थानान्तरण गर्न नसक्दा उनीहरूमा भय र त्रास छाएको हो ।

पुनर्निर्माण प्राधिकरणले केही समयअघि भूकम्प प्रभावित जिल्लाका १ हजार ३९ गाउँको भौगर्भिक अध्ययन गरेको थियो । अध्ययनका क्रममा २७२ गाउँका ४ हजार ६ सय परिवार पहिरोको उच्च जोखिममा रहेको तथ्य खुलेको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरेले पहिरोको जोखिम पहिचान गरिएका २७२ गाउँलाई अन्यत्र स्थानान्तरण गर्ने प्रक्रिया थालिए पनि सफल हुन नसकेको बताए । उनले २७२ बस्तीका २ हजार ६ सय बासिन्दालाई भने सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिसकिएको जानकारी दिए ।

सहायक प्रवक्ता घिमिरेले १ हजार ८ सयभन्दा बढी परिवार भने अहिले पनि जोखिमयुक्त गाउँमा नै बस्न बाध्य भइरहेकाले उनीहरूलाई पनि छिट्टै स्थानान्तरण गर्ने गृहकार्य अघि बढाइएको बताए । भूकम्प प्रभावित गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रामेछाप, सिन्धुली, दोलखालगायतका जिल्लाका गाउँहरू पहिरोका उच्च जोखिममा रहेका हुन् । १२ वैशाख २०७२ मा १२ आएको विनाशकारी भूकम्पका कारण मुलुकका पहाडी जिल्लाका अधिकांश भूभाग कमजोर हँुदा पहिरोको उच्च जोखिम रहँदै आएको छ । पुनर्निर्माण प्राधिकरणका भूगर्भविद्हरूले भूकम्प प्रभावित जिल्लाका पहाडी गाउँहरू असुरक्षित हुँदै आएकाले धेरै गाउँ अन्यत्र सार्न सुझाव दिँदै आएका छन् ।

सोहीअनुसार भूगर्भविद्हरूले १ हजार ३९ गाउँँमध्ये २७२ वटा गाउँलाई उच्च जोखिम औंल्याउदै ती सबै गाउँका ४ हजार ६ सय बासिन्दालाई तत्काल अन्यत्र सार्नुपर्ने निष्कर्ष निकालेका थिए । तर, प्राधिकरणले भने जोखिम अवस्थामा रहेका बस्ती र सबै बासिन्दालाई अन्यत्र सार्न सकेको छैन । जोखिमपूर्ण बस्तीहरू अन्यत्र सार्न नसकिँदा सयौं बासिन्दा भय र त्रासमा जीवन जिउन बाध्य भइरहेका छन् । खानी तथा भूगर्भ विभागले पनि भूकम्प आएलगत्तै जोखिममा रहेका बस्तीहरूको पहिचान गरेर आफूहरूले गृह मन्त्रालय र पुनर्निर्माण प्राधिकरणलाई बस्ती स्थानान्तरण गर्न त्यतिबेला नै सिफारिस गरे पनि सबै बस्ती स्थानान्तरण हुन नसकेकाले जोखिम बढ्दै गएको जनाएको छ ।

प्राधिकरणका अनुसार भौगर्भिक अध्ययन गरिएका गाउँहरूमध्ये बस्नयोग्य रहेका झन्डै ७ सय गाउँँ पनि विभिन्न बायोइन्जिनियरिङ प्रविधिलगायत अन्य प्रविधि प्रयोग गरेर मात्रै सुरक्षित बनाउनुपर्ने देखिएको छ । त्यस्तो प्रविधि अपनाएर सुरक्षित बनाउन नसकिए ती गाउँ पनि सुरक्षित हुन नसक्ने र थप क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने भूगर्भविद्हरूले बताएका छन् । जोखिम न्यूनीकरण गर्ने उपायको रूपमा मुख्य गरी तारजालीबाट ग्याबियन बनाउनुपर्ने, पानी कटाउनुपर्ने र बायोइन्जिनियरिङ गर्नुपर्ने भूगर्भविद्को सुझाव छ ।प्राधिकरणले जोखिममा परेका घरपरिवारलाई सुरक्षित ठाउँमा घर बनाउन आवश्यक पर्ने जग्गा किन्नका लागि प्रतिपरिवार २ लाख रुपैयाँ दिँदै आएको छ ।राजधानी डेली

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *