यस्तो छ साउनमा मेहन्दीकाे महत्व : जान्नुहोस रोचक तथ्य र लगाउने तरिका।

२०७६ असार ३१, मंगलवार १३:०४ गते २०७६ असार ३१, मंगलवार १३:०४ गते २०७६ असार ३१, मंगलवार १३:०४ गते

साउन महिनामा भन्ने बित्तिकै महिलाहरुको दिमागमा रातो ,हरियो र पहेलो यी तीन कलरको बढी प्रयोग गरेको पाइन्छ |साउन महिनामा रातो हरियो र पहेलो कलर सारी चुरा पोते मा सजियर आफुलाई नब बुलही सरि सिंगार गर्दछ ।र साउन महिना भरी महिला दिदीबहिनीहरुले प्रत्येक सोमबार शिवको पूजाआराधना गरी ब्रत बस्ने गर्दछन् । यसरी पूजा आराधना गर्दा हात खुट्टामा मेहन्दी लगायर गर्दा चोखो मानिनुका साथै शुभ मानिने भएकोले साउन महिनामा मेहन्दीको धेरै डिमाण्ड र बिशेषता रहेको छ ।मेहेन्दीको प्रयोग पाँच हजार वर्ष अघिदेखि नै सुरू भएको हो । एउटा संस्कारको रुपमा विकास भएको मेहन्दी लगाउने चलन अहिले फेसनका रुपमा विकास भएको छ । जे भएपनि मेहन्दीले मानिसको स्वास्थ्यमा पनि राम्रो फाइदा पुर्‍याउँछ ।

मेहन्दी शब्द नेपालीहरूबीच परिचित छ । साउन महिनामा मेहन्दीको निकै चर्चा हुन्छ । साउन महिनालाई मेहन्दीको मौसम पनि भनिन्छ । साउन महिना लागेपछि घरघरमा मेहन्दी लगाइन्छ ।मेहन्दी, जस्लाई हिना पनि भनिन्छ, दक्षिण एसियामा शरिरका भागहरूलाई सजाउन प्राचिन कालदेखि प्रयोग गरिदै आएको वनष्पतीय सामग्री हो । यस्लाई हात, खुट्टा आदिमा लगाइन्छ । सन् १९९० को दशक देखि पश्चिमी देशहरूमा पनि मेहन्दी लगाउन थालिएको छ । एउटा संस्कारको रुपमा विकास भएको मेहन्दी लगाउने चलन अहिले फेसनका रुपमा विकास भएको छ । जे भएपनि मेहन्दीले मानिसको स्वास्थ्यमा पनि राम्रो फाइदा पुर्‍याउँछ ।

तर साउन महिना चै सडकका पेटी-पेटीमा मेहन्दी लगाउनेहरू ग्राहकहरूलाई ताती धेरै हुन्छ र दिनप्रतिदिन यसको लोकपि्रयता पनि बढिरहेको छ । नारीको सोर्‍ह शृंगार मेहन्दीबिना अपूरो हुन्छ । यसलाई हात एवं केशको सौन्दर्यका लागि प्रयोगमा ल्याइन्छ । मेहन्दी विभिन्न चाडपर्व, उत्सव एवं विशेष समयमा बढी प्रयोग हुन्छ । मेहन्दी लगाउनको लागि हिना नामक विरूवा/झाडीको पातहरूलाई सुकाएर पिसेर धूलो बनाउने । धूलोलाई मलमलको कपडामा दुई-तीन पटक छान्ने । कागतीको रसमा १० थोपा नीलगिरीको तेल हालेर मेहन्दीको धूलो राखी भिजाउने । पानीमा इमली र चियाको पात हाली उमाल्ने । त्यसपछि पानी छानेर आवश्यक मेहन्दीको धूलो हाली भिजाउने ।

गिलो मेहन्दीलाई प्लास्टिकको कागजको कोण बनाई आफुले चाहेको बुट्टा बनाएर प्रयोग गर्ने ।बुट्टा सुक्न थालेपछि एक प्याला कागतीको रस र चिनीको मिश्रण तयार गर्ने । हातखुट्टामा लागेको मेहन्दी सुकेर नखसोस् भनेर यो मिश्रण पटक-पटक मेहन्दीमा लगाउनुपर्छ । लगाएको मेहन्दी चार-पाँच घन्टापछि निकाल्नुपर्छ । मेहन्दी निकालेपछि १२ देखि १४ घन्टासम्म त्यो भागमा पानी पार्नु हुँदैन । यसो गर्दा मेहन्दीको रंग गाढा हुन्छ । मेहन्दी निकालेपछि तोरीको तेल लगाउनुपर्छ । कराही वा तावामा चार वटा ल्वाङका चूर्ण बनाएर हातमा घस्ने र त्यसपछि हातलाई आगोको रापमा सेक्ने । मेहन्दी लगाउदा गाडा बस्यो भने आफुलाई माया गर्नेले धेरै माया गर्छ भन्ने पुराणो भनाइ छ त्यसै अनुरूप कतिपय महिला दिदी-बहिनीहरू मेहन्दीको रंग गाढा बनाउन मेहन्दीमा पेट्रोल, डिजेल, मट्टीतेल तथा विभिन्न किसिमका एसिड मिसाउँछन् जुन हाम्रो शरीरका लागि हानिकारक हुन्छन् । यस्ता केमिकलले छालामा एलर्जी हुने, हात पोल्नेजस्ता विभिन्न किसिमका समस्या देखा पर्न सक्छन् । त्यसैले सकेसम्म केमिकलरहित प्राकृतिक मेहन्दी प्रयोग गर्नुपर्छ ।

मेहन्दी विभिन्न नाम गरेर पाउछौ जस्तै :
अरेविक मेहन्दी, यासमिन अरेविक, कोहिनुर अरेविक, लाजवाव अरेविक, खुवसुरत अरेविक, फेन्सी अरेविक, निखार अरेविक, आसिकी अरेविक, इन्डो अरेविक, शैली अरेविक, सार्ली अरेविक, रुचिरा अरेविक, सानिया अरेविक, दुलहन मेहन्दी, काश्मिरी मेहन्दी, गोल्डेन मेहन्दी, मेटालिका मेहन्दी, फेबि्रक मेहन्दी, ब्ल्याक मेहन्दी, मीनाकारी मेहन्दी, राजस्थानी मेहन्दी आदि । देश र भेष अनुसार बुट्टाको नाम र मेहन्दी को नाम पनि हामी फरक फरक पाउन सक्छौ ।राजधानी डेली

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed