लागुऔषधसहित सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ

२०७६ श्रावण १, बुधबार १२:१५ गते २०७६ श्रावण १, बुधबार १२:१५ गते २०७६ श्रावण १, बुधबार १२:१५ गते

मोरङ – विराटनगर महानगरपालिका–१६ हुलासमेटल चोकबाट लागुऔषधसहित सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको धरान उपमहानगरपालिका–२ घर भएका ३१ वर्षीय पूर्णबहादुर थापामगर पक्राउ परेको मोरङका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजकुमार खिउजुले बताउनुभयो ।

उनको साथबाट सशस्त्र प्रहरीमा कार्यरत परिचय पत्र र नेपाली नागरिकताको प्रमाण पत्र फेला परेको छ ।

साइकलमा झुण्ड्याएर ल्याइएको झोला जाँच गर्दा चिनी र चनामा लुकाइएको लागुऔषध फेला परेको थियो । प्रहरी नायब उपरीक्षक खिउजुका अनुसार उनले बोकेको झोलाबाट लुपिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल, डाईजेल्याब सय एम्पुल, फेनारगन २४ एम्पुल गरेर जम्मा ३ सय ९ एम्पुल लागुऔषध बरामद भएको छ । पक्राउ परेका थापामगरलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ ।उज्यालो अनलाइन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *