काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन प्रणालीको प्रयोगबारे जानकारी दिने भिडियो सार्वजनिक गरेको छ । अनलाइन प्रणालीमा जोडिने लगानीकर्ताको संख्या बढ्दै गएको छ । तर कतिपय लगानीकर्तालाई अनलाइनबाट सेयर खरिदबिक्री गर्ने प्रक्रिया थाहा नहुँदा प्रविधिको प्रयोग सहि रुपमा हुन सकिरहेको छैन । त्यसैले, अनलाइन कारोबारको सम्पूर्ण प्रक्रिया समावेश गरी नेप्सेले भिडियो जानकारी तयार पारेको छ ।
अनलाइन प्रविधिमा ब्रोकर तथा बैंक तथा वित्तीय संस्थाहरु पनि जोडिइसकेका छन् । नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपीएस प्रणालीमा आवद्ध भएका बैंक तथा वित्तीय संस्थाहरुमार्फत सेयर खरिदबिक्री गरेको रकम अनलाइनबाटै भुक्तानी हुने व्यवस्था सुरु भइसकेको छ । यसले लगानीकर्तालाई सेयर खरिदबिक्रीको भुक्तानी लिन वा दिन ब्रोकर कार्यालयसम्म पुग्नुपर्ने झन्झट अन्त्य भएको छ ।नेपाली पैसाबाट
Views: 0