यसरी श्रीमतीको मृत्यु भएको एक घण्टामै श्रीमानको पनि भयो मृत्यु

२०७६ श्रावण १, बुधबार १२:४० गते २०७६ श्रावण १, बुधबार १२:४० गते २०७६ श्रावण १, बुधबार १२:४० गते

सुनसरी : इटहरीमा श्रीमान श्रीमतीको एकै दिन मृत्यु भएको छ। श्रीमतीको मृत्यु भएको एक घण्टाको अन्तरमा श्रीमानको पनि मृत्यु भएको हो। इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईकोे मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो। उनको मृत्युको शोकमा परेका उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि एक घण्टापछि हृदयघात कारण मृत्यु भएको आफन्तले बताएका छन।

श्रीमान श्रीमतीको एकै दिन दुई जनाको मृत्यु भएपछि स्थानीयले ‘मृत्यु राम्रो’ भएको भन्दै शवलाई नगरपरिक्रमा समेत गराएका छन्। स्थानीयले खनारदेखि नगर परिक्रममा गराउँदै इटहरी–४ स्थित बुढीखोलाको दाहसंकार स्थलसम्म दुवै शवलाई एकै चितामा दाहसंस्कार गरेको छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *