आर्थिक विधेयक २०७६ को दफा १४९१० को व्यवस्था अनुसार टेलिकमको शुल्क पहिले भन्दा सस्तो

२०७६ श्रावण १, बुधबार २०:५१ गते २०७६ श्रावण १, बुधबार २०:५१ गते २०७६ श्रावण १, बुधबार २०:५१ गते

काठमाडाैं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको स्थानीय टेलिफोन तथा पोष्टपेड मोबाइल पहिलेभन्दा कम दरमा उपलब्ध हुने भएको छ ।

आर्थिक विधेयक, २०७६ को दफा १४९१० को व्यवस्था बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत ५ सय रुपैयाँ मात्र लिने व्यवस्था भएपछि टेलिकमले टेलिफोन तथा पोष्टपेड मोबाइल पहिलेभन्दा सस्तो मूल्यमा उपलब्ध गराउने भएको हो।

जस अनुसार अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिने छ। यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउने ब्यवस्था थियो।

साथै उक्त विधेयकको कार्यान्वयनसँगै स्थानीय टेलिफोनको नामसारीगर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम लाग्ने भएको छ। यसअघि टेलिफोन नामसारीगर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने आजैदेखि जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्ने टेलिकमले जनाएको छ। परिमार्जित शुल्क साउन १ (आज)देखि नै लागू भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *