जहाँ राँकाे बालेर छिमेकीलाई गाली गर्दै साउने सक्रान्ति मनाइन्छ

२०७६ श्रावण १, बुधबार २१:०३ गते २०७६ श्रावण १, बुधबार २१:०३ गते २०७६ श्रावण १, बुधबार २१:०३ गते

जुम्ला – कर्णाली क्षेत्रको चलनअनुसार साउने सक्रान्तिकाे साँझमा राँकाे बालेर छिमेकीलाई गाली गर्ने चलन छ । साउन १ गते लुताे फाल्ने धार्मिक मान्यताअनुसार कर्णाली क्षेत्रमा छिमेकीलाई गाली गर्दै राँकाे बालिएकाे छ । साँझ पर्नै लाग्दा जुम्लालगायत कर्णाली क्षेत्रका गाउँहरु राँकाेकाे उज्यालो चम्किएका छन् ।

हरेक घरका परिवार सदस्यहरु कति छन् त्यहीअनुसारको घरको आँगन तथा छतमा राँकाे बाल्ने चलन छ । त्यही मान्यताअनुसार जुम्लासहित कर्णालीका अरु बस्तीहरुमा पनि राँकाे बालिएकाे छ । जुम्लामा परापूर्वकालदेखि मनाउँदै आएको साउने सक्रान्ति यो पटक पनि भव्य रुपमा मनाइएको हो । राँकाे बालेर आ-आफ्नो आँगनमा आफू र आफ्नो घरमा रहेको फोहर लैजाउ, रोग व्याधी सबै जाओस भन्ने कामनाअनुसार राँकाे बाल्ने चलन कर्णाली क्षेत्रमा विद्यमान संस्कृति रहेको स्थानीय मानबहादुर शाहीले बताउनुभयो ।

कर्णालीका गाउँबस्तीहरु झिसमिसे अँध्यारोमा सल्लाको दाउराकाे राँकाे बनाएर बाल्ने चलन एक फरक सभ्यता र उदाहरण स्थापित हुँदै आएको छ । आगोको राँकाे बालेपछि घरका सबै परिवारहरु ठूलो श्वरले कराउने र खोला पारिको गाउँका मानिसहरुलाई गालि गर्ने चलनसहित राँकाे बालिसकेपछि बनाइएका विभिन्न प्रकारका परिकारहरु खाने प्रचलन छ । परम्परागत रुपमा नै चल्दै आएको यो प्रथाले निकै ठूलो सभ्यता बाेकेको संस्कृतिविद् रमानन्द आचार्यले बताउनुभयो । यसैगरी साउन १ गते यो क्षेत्रमा स्थानीय बिदा दिने चलनसमेत रही आएकाे छ ।उज्यालो अनलाइन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *