१२० केजी लागुऔषध र गाँजासहित चार जना पक्राउ

२०७६ श्रावण २, बिहीबार १२:५५ गते २०७६ श्रावण २, बिहीबार १२:५५ गते २०७६ श्रावण २, बिहीबार १२:५५ गते

जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।प्रहरी निरीक्षक सोमेन्द्र सिंह राठौरको कमाण्डमा खटिएको टोलीले लागुऔषध गाँजा ओसार पसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई राति  साढे १०  बजे पर्सा वीरगञ्ज महानगरपालिका २८ बगहीबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी १७ बस्ने २१ वर्षीय रमेश लामिछाने, पर्सा पटेर्वासुगौली ४ बस्ने ४२ वर्षीय प्रेम दास,  पर्सा सखुवाप्रसौनी ६ बस्ने ३५ वर्षीय राजेश खवास र सर्लाही लालबन्दी १७ बस्ने २० वर्षीय डम्मरमणि घिमिरे रहेका छन्।टोलीले  विआर ०१ डीबी ०००३ नम्बरको कारको डिक्कीमा राखी भारततर्फ लैजाँदै गरेको अवस्थामा १२० केजी लागुऔषध गाँजा र ना २४ प ८७६४ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो।सेतो पाटी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *