साउने संक्रान्तिमा १५ लाख बढीको मासु भयो खपत

२०७६ श्रावण २, बिहीबार १३:०० गते २०७६ श्रावण २, बिहीबार १३:०० गते २०७६ श्रावण २, बिहीबार १३:०० गते

जुम्लामा साउने संक्रान्तिको अवसर पारी दुई दिनभित्र झण्डै १५ लाख बराबरको मासु खपत भएको छ । खसी, भैंसी र कुखुराको गरी असार ३१ र साउन १ गतेसम्मको कारोबार हेर्दा झण्डै १५ लाख बराबरको मासु खपत भएको व्यवसायीहरूले बताएका छन् ।  जुम्लामा रहेका दुई दर्जन बढी मासु पसल तथा फ्रेस हाउसमा दुई दिन मासु लिनका लागि पालो कुर्नुपर्ने अवस्था थियो भने दुईतीन दिन अगाडिबाटै अर्डर आएको व्यवसायी बताउँछन् ।

साउन १ गते बिहानको तथ्यांकअनुसार ग्रिरिल्यान्ड होटलमा १५, रावल फ्रेस हाउसमा ८, बस्नेत फ्रेस हाउसमा ६, अमृत फ्रेस हाउसमा ८ र सुर्खेती फ्रेस हाउसमा १० गरी झण्डै ४५ बढी खसी काटिएका छन् भने कालेखोली, बसपार्क, भारतीबाडा, विजयनगर, एयरपोर्टलगायतका सदरमुकाममा रहेका दुई दर्जन बढी फ्रेस हाउसमा अनुमानित झण्डै एक सय बढी खसीमात्रै काटिएको स्थानीय लालुनाथ योगीले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed