चार लाख ५२ हजार मानिस बाढी, पहिरो र डुबानले प्रभावित

२०७६ श्रावण २, बिहीबार १४:५६ गते २०७६ श्रावण २, बिहीबार १४:५६ गते २०७६ श्रावण २, बिहीबार १४:५६ गते

काठमाडौं : मनसुन सुरु भएपछि ९० हजार परिवारका करिव चार लाख ५२ हजार मानिस बाढी, पहिरो र डुबानबाट प्रभावित भएको नेपाल रेडक्रसको तत्थ्यांकले देखाएको छ। बाढी, पहिरो र डुबानबाट ४० हजार घरमा क्षति पुगेको अनुमान गरिएको छ। बाढी प्रभावित ३२ जिल्लामा नेपाल रेडक्रसका निकायबाट आएको विवरणमा आधारित तथ्यांकले ५२ हजार मानिस प्रभावित भएको देखाएको हो।

रेडक्रसका अनुसार ३२ जिल्लाका ९० हजार परिवारका करिब चार लाख ५२ हजार मानिस बाढी, पहिरो र डुवानबाट प्रभावित भएका र ४० हजार घरमा क्षति पुगेको अनुमान हो। बुधबारसम्म नेपाल रेडक्रस सोसाइटीमार्फत तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार छ सय ६२ तारपोलिनसमेत वितरण गरिसकिएको छ। यसका अलावा ३१० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिएको छ।

उपलब्ध गराइएका सामग्री सेटमा तारपोलिन एक थान, कम्मल २ थान, महिलाको सारी एक थान, पुरुष धोती १ थान, विभिन्न खालका सिलाउने कपडा १६ मिटर, पकाउने भाँडाकुडा र डोरी रहेका छन्। नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले प्रभावित क्षेत्रमा ३७४ तालिम प्राप्त स्वयंसेवक परिचालित रहेका र सयौँ स्वयंसेवकले सहयोग गरिरहेका बताए।

सोसाइटीका विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले पानी पर्ने क्रम केही सुस्त भएसँगै बुधबारदेखि प्रभावित परिवारलाई सहयोगको तीब्रता बढाइएको बताइन्। उनका अनुसार प्रदेश २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारम्भिक द्रूत सर्वेक्षण सुरु गरिएको छ।

सर्लाहीमा मात्रै करिव ११ हजार घर भत्केको प्रारम्भिक तथ्यांक आएको रेडक्रसले बताएको छ।  निर्देशक अर्यालले शुक्रबारसम्म प्रारम्भिक सर्वेक्षणको नतीजा आउनेसमेत बताइन्।

thahakhabar बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *