गोरखा: घरमाथिबाट आएको पहिरो धन्सार पुरेपछि पालुङ्टार नगरपालिका ४ बड्डाँडा, सिमलखर्कमा १३ वटा खसीबाख्रा मरेका छन्। सोमबार राति भएको घटनामा लिलालराज देवकोटाको धन्सारमा रहेका खसी बाख्रा पुरिएर मरेको स्थानीय सरोज देवकोटाले जानकारी दिए। घटनामा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी र स्थानीयबासीले उद्दार गरिरहेका छन्। टोलीले भैंसी र पाडालाई भने जीवितै उद्दार गरिएको उनले बताए। देवकोटाको आरसीसी गरिएको घरको पछाडिको भाग पनि पुरिएको उनले बताए।
annapurnapost बाट साभार
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0