किन आउँछ डन्डिफोर, अपनाउनुहोस यस्तो उपाए चकित पर्नुहुनेछ।

२०७६ श्रावण ३, शुक्रबार १२:२७ गते २०७६ श्रावण ३, शुक्रबार १२:२७ गते २०७६ श्रावण ३, शुक्रबार १२:२७ गते

काठमाडौँ – छालामा उत्पन्न हुने समस्या मध्य एक हो डन्डिफोर । डन्डिफोरले मानिसको सुन्दरतामा कमी ल्याउनुका साथै छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने काम गरिरहेको हुन्छ। जसका कारण मानिसहरु डन्डिफोर आउन नदिन विभिन्न सावधानी अपनाइरहेका हुन्छन्। यो अत्यन्तै जरुरी पनि हुन्छ। डन्डिफोरबाट बच्नका लागि विभिन्न सावधानी अपनाउदा अपनाउदै पनि कहिले काही डन्डिफोर आउने गर्दछ।

त्यसकारण डन्डिफोरको समस्या हुनेले व्यक्तिले एक दिनमा तीन पटक अनुहार राम्रोसँग सफा गर्नुपर्छ। यदि अनुहार सफा भयो भने अनुहारका कोषहरूमा ऊर्जा पुग्छ।आफ्नो छाला अनुसारको फेसवास प्रयोग गर्नु पर्दछ। गुलाब, स्याउबाट बनेका प्राकृतिक फेसवासको पनि प्रयोग गर्न सकिन्छ।

नियमित छाला सफा गर्दा अनुहारमा रहेका धुलोका कणलाई हटाउने काम गर्दछ। अनुहार सफा गर्ने नाममा बारम्बार सफा गर्नुका साथै धोट्ने काम गर्नु हुँदैन। जसले गर्दा अनुहार फुस्रो हुनुका साथै अनुहारमा रातो डाबर आउने गर्दछ।डन्डिफोर कम गर्न नियमित रूपमा पर्याप्त पानी पिउँन अति नै महत्वपूर्ण हुन्छ। त्यसकारण प्रयाप्त मात्रामा पानी पिउने बानी बसाल्नुपर्छ।

यदि डन्डिफोर आएको छ भने त्यसलाई घरीघरी हातले छुनुहुँदैन। हात फोहोर भएको खण्डमा संक्रमण बढाउने सम्भावना धेरै हुन्छ।धेरै डन्डिफोर आउने व्यक्तिहरुले चिल्लो पिरो, अमिलो खाने कुराहरुबाट टाढै बस्नु उपयुक्त हुन्छ। यद्यपि डन्डिफोरले अस्वभाविक रुप देखाएर दुःख दिन थालेको खण्डमा छाला विशेषज्ञलाई देखाई उपचार गर्नु पर्दछ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed