इटहरी : लोकसेवा आयोगको विज्ञापनको विरोधमा इटहरीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरिएको छ। उनीसँगै लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको समेत पुत्ला दहन गरिएको छ । संघीयता समानुपातिक समावेशी सिद्धान्तको मर्म विपरीत लोकसेवा आयोगले विज्ञापन गरेको भन्दै विरोधमा शुक्रबार पुत्ला दहन गरेको हो ।
नेपाल आदिवासी जनजाति महासंघ १ नम्बर प्रदेश समन्वय परिषद्ले मैनाली र पण्डितको पुत्ला दहन गरेको छ। पुत्ला दहनअघि इटहरी चोकमा विरोध र्यालीसमेत गरिएकोथियो । प्रहरीले पुत्ला खोस्न खोजे पनि र्यालीमा सहभागीले झुक्याएर पुत्ला दहन गरेका थिए । प्रदर्शनको क्रममा आदिवासी जनजाति महासंघका अगुवाहरुले आफ्नो मागलाई बेवास्ता गरे आन्दोलन चर्काउने चेतावनी पनि दिएका थिए । महासंघले शनिबार प्रदेश १ बन्दको समेत आह्वान गरेको छ ।अन्नपुर्ण पोस्ट
Views: 0