ट्रयाकिङ सिस्टम’ विरुद्ध यातायात व्यवसायी

२०७६ श्रावण ३, शुक्रबार २२:०४ गते २०७६ श्रावण ३, शुक्रबार २२:०४ गते २०७६ श्रावण ३, शुक्रबार २२:०४ गते

बारा: यातायात व्यवसायी मालवाहक सवारी साधन थन्क्याएर आन्दोलित छन्। साउन १ गतेदेखिको व्यवसायीको बन्दले बारामा प्रत्यक्ष प्रभाव परेको छ। कारण पथलैया-वीरगञ्ज औद्योगिक करिडोरमा चल्ने हजारौँ ढुवानीका साधन बाराको पथलैया र सिमरामा थन्किएका छन्।

राजस्व विभागले चुहावट रोक्नका लागि साउनदेखि कार्यान्वयनमा ल्याएको मालवाहक सवारी साधनमा ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’ को विरोध गर्दै व्यवसायी आन्दोलित भएका हुन्। तराई यातायात व्यवसायी संघ सिमराका अध्यक्ष ओमकृष्ण कार्कीले सरकारले व्यवसायीलाई रुट परमिट नदिएको कारण सवारी साधन थन्काएर राखिएको बताए। ‘रुट परमिट नभएको अवस्थामा गाडी चलाउँदा दुर्घटना भयो भने विमा कम्पनीले पैसा दिँदैन।

व्यवसायीलाई सरकारले कम्पनीमा जान भनेको छ’,व्यवसायी कार्कीले भने, ‘कम्पनीमा नगई रुट परमिट नदिने भनेको छ’ व्यवसायीलाई कम्पनीमा जान गाह्रो भएको कार्कीले बताए। ‘अहिले त भ्याट लगाएको छ’ कार्कीले भने, ‘हामी त बीचको मान्छे। नकिन्ने र बेच्ने। हामी त अरुको भरिया बन्ने काम हो। भरियालाई भ्याट लगाएपछि कसरी सम्भवन छ।’ त्यसैगरी ढुवानी भाडामा भ्याट प्रभावकारी नरहेको भन्दै व्यवसायीले सरकारलाई दवाव दिन सवारी साधन थन्क्याएर देशभर सामान ओसार पसार ठप्प पारिएको निजगढका ट्रक व्यवसायी खड्गराज मैनालीले बताए।

आर्थिक अपराध र सामान तस्करी रोकिने वहानामा मालवाहकप्रति राजस्व थोपर्ने, प्राविधिक झमेलामा पार्ने काम सरकारले गरेको भन्दै यातायात तथा ढुवानी व्यवसायी एवं मजदुर संघर्ष समिति आन्दोलनमा उत्रिएको हो। व्यवसायी गोकर्ण पराजुलीको संयोजकत्वमा यातायात अगुवा ब्यवसायी मिलेर बनाएको संघर्ष समितिले सरकारसँग ६ बुँदे माग राखेको छ।थाहा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *