बाढीका कारण ओछ्यानमै बघिनी पसेपछि

२०७६ श्रावण ३, शुक्रबार २२:४२ गते २०७६ श्रावण ३, शुक्रबार २२:४२ गते २०७६ श्रावण ३, शुक्रबार २२:४२ गते

बीबीसी । आसमको काजीरंगा राष्ट्रिय पार्कमा बाढीका कारण अहिलेसम्म ९२ वन्यजन्तु मरिसकेका छन् । तर, यसै राष्ट्रिय पार्कमा आएको बाढीका कारण एक बाघिनीले एक स्थानीय नागरिकको घरमा शरण लिएको छ।  वाइल्ड लाइफ ट्रस्ट अफ इण्डियाकाअनुसार बिहीबार बिहान बघिनी नेशनल पार्कबाट दुई सय मिटर टाढा राजमार्ग किनारामा देखिएको थियो ।

राजमार्गमा ठूलो मात्रामा सवारी साधनहरु भएकाले बघिनीले घरमा शरण लिनुपरेको हुन सक्ने अनुमान गरिएको छ ।उद्धार टोलीका सदस्य रथीन बरमनले स्थानीय समयानुसार बिहान साढे ७ बजे घरभित्र पसेकी बघिनी दिनभरी बेडमा सुतेको थियो । उनी भन्छन्, “उ धेरै नै थाकेकी थियो । त्यही भएर दिन भर सुती राख्यो । राम्रो कुरा के भने उसलाई कसैले पनि जिस्क्याएन । यो क्षेत्रमा वन्यजीवप्रति सम्मानको भाव छ ।”

घरवालाले के गरे ?बघिनी जुन घरमा पसेकी थियो । त्यसका मालिक मोतीलाल हुन । जो घर नजिकै पसल थापेर बसेका छन् । उनले बिहान-बिहानै बघिनी घरभित्र पस्न लागेको देखेपछि परिवारसहित त्यहाँबाट हिँडे । रथीन बरमन भन्छन्, “मोतीलालले बाघ दिनभर सुतेको तन्ना र तकिया सम्हालेर राख्ने भनेका छन् ।”

घरबाट कसरी बाहिर निस्क्यो बघिनी:बघिनी घरभित्र पसेको सूचना पाए लगत्तै वाइल्ड लाइफ ट्रस्ट अफ इण्डियाका अधिकारीहरुलाई त्यसका बारमो जानकारी गराइएको थियो । त्यसपछि उनीहरुले गाउँमा पुगेर बघिनीलाई घरबाट बाहिर निकाल्ने बाटो बनाउन सुरु गरेका थिए । उनीहरुले राजमार्गमा सवारी साधन रोकेर घर नजिकै पटाका विष्फोट गराएर सुतेकी बघिनीलाई उठाउने प्रयास गरेका थिए । त्यसपछि बघिनी बेलुकी साढे ५ वजे घरबाट निस्केर जंगलतर्फ गई ।

यूनेस्कोबाट मान्यता प्राप्त काजीरंगा नेशनल पार्कमा एक सय १० बाघ छन् । पार्कमा बाढीका कारण ५४ हरिण, सात गैंडा, छ बँदेल र एक हात्तीको मृत्यु भएको छ । बाढीका कारण असम र बिहारमा अहिलेसम्म एक सय मानिसहरुको मृत्यु भइसकेको छ भने हजारौं मानिसहरु विस्थापित भएका छन् ।१२ खरी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed