पाप र पुण्य दुबैको कारण बन्धन, पाप फलामको हत्कडी, पुण्य सुनको

२०७६ श्रावण ३, शुक्रबार २२:४९ गते २०७६ श्रावण ३, शुक्रबार २२:४९ गते २०७६ श्रावण ३, शुक्रबार २२:४९ गते

काठमाडौं । हजरत ईसा भन्छन् एक गरीब मानिस स्वर्ग भित्र सिधै प्रवेश गर्न सक्छ तर एक धनवान व्यक्ति स्वर्ग भित्र प्रवेश गर्न सक्दैन । उनको समयमा एक ढोका यसरी बनाइएको थियो कि जुन उँट खाली हुन्थ्यो त्यो त्यस ढोकाबाट निस्कन सक्थ्यो । तर जुन उँटमा सामान लादिएको हुन्थ्यो त्यो त्यसै ढोकामा रोकिन्थ्यो । त्यस ढोकालाई सूईको आँखा भनियो । हजरत सम्झाउछन् त्यो स्वर्गको ढोका त्यस सुइको आँखा समान छ जसमा गरीव मानिस जो खाली उँटको समान हो त्यसबाट निस्कन सक्छ। तर धनी मानिस लादिएको उँट समान त्यस ढोकामा अड्किन्छ । आफ्नो अहंकारको बोझको कारण अघि बढ्न सक्दैन । ईश्वरको साम्राज्यमा प्रवेश गर्न सक्दैन । त्यसैले भनियो

यह तो घर हे प्रेमका, खाला घर नहि ।सीस उतारे भुई धरे, तब पैठे घर महि ।।जब आफ्नो शिर झुकाउने छौ, आफ्नो अभिमान मेटाएर आत्मसमर्पण गर्नेछौ तब प्रेमको, ज्ञानको, परमात्माको घरमा प्रवेश गर्न सक्नेछौ अन्यथा सक्नेछैनौ । हाम्रा शास्त्रकारहरुले भनेका छन् कि दान पनि बन्धनको कारण हो । जस्तै कुनै मानिसले जुन चीजको दान गर्छ त्यस वैभवको ती भौतिक वस्तुहरुको उसमा अभिमान हुन्छ । उसमा रहेको त्यस अभिमानलाई मेटाउन भजन जरुरी छ। किनभने सबै कुरा गरेपछि पनि हामीलाई अभिमान भए हाम्रो पतन हुनेछ।

त्यसो त पाप पुण्य दुवैलाई बन्धनको कारण बताइएको छ। यो उपमा दिइएको छ कि पुण्य सुनको हत्कडी हो भने पाप फलामको हत्कडी हो। दुवै बन्धनको कारण हो। यसकारण ठूलाठूला पुण्य गरेपछि अनेकौं अनेक सिद्धी प्राप्त गरेपछि पनि रावण जस्ता महाविद्वानलाई अभिमान भयो। उनि भित्र ईर्ष्या, द्वेष बढ्यो । जसकारण उनको पतन भयो । यसकारण जबसम्म हामी आफ्नो अभिमान समाप्त गर्दैनौ तबसम्म हामी त्यस महान अवस्थालाई प्राप्त गर्न सक्दैनौ । संकीर्णता, अहंकारले मानिसलाई डुवाउछ । अधीनता र पूर्ण समर्पणबाट नै व्यक्ति संसार सागरबाट तर्न सक्छ महान बन्न सक्छ।

यसरी नै अहंकारमा रुमलिएका विश्वामित्रमा जब प्रायश्चितको भाव आयो, उनि अहंकारहीन भए। त्यस्तो परिवर्तन देखेर वशिष्ठजीले ब्रम्हर्षी भन्दै विश्वामित्रलाई अँगालो हाले । भन्नुको अभिप्राय व्यक्ति जबसम्म अहंकारहीन हुदैन तबसम्म त्यस महान अवस्थालाई प्राप्त गर्न सक्दैन। त्यसैले अहंकारलाई समाप्त गर्न जीवनमा अति आवश्यक छ । भगवान श्रीकृष्ण जब बाल्‍यकालमा लीला गर्नुहुन्थ्यो तब एक लीला उहाँलाई निकै प्रिय लाग्थ्यो । गोपिनीहरुको दहिले भरिएको मट्का फोड्न श्रीकृष्णलाई प्रिय लाग्थ्यो। तर यो खेल मात्र थिएन सन्देश पनि थियो । गोपिनीहरूको अभिमान तोड्नु पनि थियो ।

त्यसो त व्यक्तिसँग जे धन हुन्छ, कमाइ हुन्छ त्यसमाथि उसको निकै अहंकार हुन्छ । गोपिनीहरु पनि निकै गर्वसँग हाम्रो गोकुलको दुध दहि सबैभन्दा उत्तम रहेको बताउँथे। पैसा आर्जन गर्न घरमा कम खाएर सबै बेच्ने गर्थे । भगवान श्रीकृष्ण दुध दहिबाट भरिएको ती माटोको भाडो फोड्नुहुन्थ्यो जसको आध्यात्मिक अभिप्राय गोपीनिहरुको अभिमानलाई तोड्नुसँग थियो, व्यक्तिलाई पतन उन्मुख गराउने त्यस अहंकारलाई समाप्त गर्नुसँग थियो।हाम्रा कुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed