सँगै पिउने जोडीको सम्बन्ध ज्यादै राम्रो !

२०७६ श्रावण ३, शुक्रबार २२:५२ गते २०७६ श्रावण ३, शुक्रबार २२:५२ गते २०७६ श्रावण ३, शुक्रबार २२:५२ गते

अंग्रेजीमा एउटा भनाइ छ, ‘अ फ्यामिली हु इट्स टुगेदर स्टेज टुगेदर’ अर्थात् ‘सँगै बसेर खाने परिवार, सधैँ सँगै हुन्छ ।’ हामीले यो भनाइ सानैदेखि सुन्दै आएका छौँ, र केही हदसम्म पालना पनि गर्दै आएका छौँ । तर के तपाईंलाई थाहा छ, सँगै बसेर पिउने जोडीको सधैँ सँगै हुने सम्भावाना धेरै हुन्छ भनेर ?

जर्नल्स अफ जेरोन्टोलोजीमा प्रकाशित एक अध्ययनका अनुसार सँगै बसेर पिउने बानी भएका जोडीमा ‘कम्प्याटिबिलिटी’ अर्थात् सम्बन्धमा अनुकूलता र योग्यता बढ्दै जान्छ ।‘अल्कोहलिक्सः क्लिनिकल एन्ड एक्सपेरिमेन्टल रिसर्च’ नाम दिइएको यो अध्ययनले पिउने बानीमा समानता हुने जोडी अलग–अलग पिउने बानी हुने जोडीको तुलनामा ज्यादा खुसी हुने देखाएको छ । साथै, एउटा पिउने र अर्को नपिउने पार्टनरभन्दा समान पिउने बानी भएका पार्टनरको जोडीमा खुसी धेरै हने अध्ययनको निष्कर्ष छ ।अध्ययनमा यो पनि पाइयो कि, समान पिउने बानी भएका जोडी आफ्ना बाँकी कुरा र बानी पनि एकअर्कासँग सेयर गर्छन्, जसले उनीहरुबीच गहिरो प्रेम रहन्छ ।

तर, यो सबै जोडीका हकमा लागू हुन्छ भन्ने छैन । धेरै पिउने जोडीमा भने नतिजा उल्टो हुन सक्छ । सोधकर्ताका अनुसार जुन जोडी अत्यधिक पिउने गर्छ, उनीहरुबीच कुनै पनि कुरामा सहमति नहुन सक्छ र सम्बन्धविच्छेदको सम्भावना ज्यादा रहन्छ ।अध्ययनका अनुसार, जब दुईमा एकजना मदिरा पिउँछ र अर्काे नपिउन दबाब दिन्छ, यस्तो अवस्थामा यसको असर रिलेसनसिपमा पर्न जान्छ र ब्रेकअपको सम्भावना बढ्छ ।फरकधार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed