आजकाे केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह

२०७६ श्रावण ४, शनिबार ०७:३८ गते २०७६ श्रावण ४, शनिबार ०७:३८ गते २०७६ श्रावण ४, शनिबार ०७:३८ गते

काठमाण्डौ – केही दिनदेखि रोकिएको पानी पर्ने क्रम अब फेरि बिस्तारै बढ्ने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेको तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आजभन्दा भोलि र भोलिभन्दा पर्सि पानी पर्ने क्रम बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार यसकै प्रभावले अहिले काठमाण्डौ उपत्यकासहित कैलाली, डडेलधुरा, डोटी, नवलपरासी, चितवन, रामेछाप, ओखलढुङ्गा, धनकुटा लगायतका जिल्लामा मेघ गर्जनसहित पानी परिरहेको छ । यो क्रम अझै बढ्ने उहाँको अनुमान छ । शनिबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । यस्तै थोरै ठाउँमा ठूलो पानी पर्ने भएको बाढी र पहिरोको जोखिम रहेको ठाउँका बासिन्दालाई सावधानी अपनाउन मौसमविद् पोख्रेलले आग्रह गर्नुभएको छ ।उज्यालो अनलाइन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *