महानगरको धुलो इँटा बनाउन दिइने

२०७६ श्रावण ४, शनिबार ०७:५८ गते २०७६ श्रावण ४, शनिबार ०७:५८ गते २०७६ श्रावण ४, शनिबार ०७:५८ गते

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरेको धुलोलाई इँटा बनाउन दिने भएको छ । महानगरभित्र यान्त्रिक कुचो (ब्रुमर) ले दैनिक सङ्कलन गर्ने फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन गर्ने कम्पनीलाई धुलो दिने योजना बनाइएको महानगरले जनाएको छ ।

यान्त्रिक कुचो सुरु भएदेखि अहिलेसम्म त्याे धुलो सडकका खाल्डा पुर्न वा पार्कमा सम्याउनका लागि प्रयोग हुँदै आएको थियो । त्यसका लागि नियमित धुलो नचाहिने हुँदा धुलोलाई इँटा बनाउन दिने योजना बनाइएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । सडकबाट सङ्कलन भएको धुलो इँटा बनाउनका लागि उपयुक्त हुने बताइएको छ । महानगरले सञ्चालन गरिरहेका सबै ब्रुमरले दैनिक आठ टनसम्म धुलो सङ्कलन गर्ने गरेका छन् । यो फोहर अरु फोहरमा मिसाउने नगरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामीले फोहरलाई सकेसम्म सदुपयोग गरेर कम परिमाणमा डम्पिङ साइटमा लैजाने योजना बनाइरहेका छौँ ।’

यान्त्रिक कुचो (ब्रुमर) ले धुलो बढारेर सफा गर्ने मात्रै नभएर त्यसलाई सङ्कलनको समेत काम गर्दै आएको प्रवक्ता डङ्गोलले बताउनुभयो । महानगरले पनि सफाइ कर्मचारी कम गर्दे जाने योजना बनाएको उहाँले बताउनुभयो । अहिले महानगर आफैले खरिद गरेको पाँच र अनुदानमा प्राप्त दुईसहित सातवटा यान्त्रिक कुचो छन् । तिनले महानगरलाई धुलोरहित बनाइरहेको उहाँको भनाइ छ । सडकको धुलोसँगै घरबाट सडकसम्म फोहर आउनै नदिने योजना महानगरको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *