प्रधानमन्त्री गृहमन्त्री सहित चार जनाको पुत्ला दहन

२०७६ श्रावण ४, शनिबार ११:३५ गते २०७६ श्रावण ४, शनिबार ११:३५ गते २०७६ श्रावण ४, शनिबार ११:३५ गते

काठमाडौं । लोकसेवा आयोगको विज्ञापन विरुद्ध धनगढी स्थित सुदूरपश्चिम प्रदेश सभाको गेटमा आदिवासी जनजाति, दलित, मुस्लिम लगायत सीमान्तकृत समुदायहरूले प्रधानमन्त्री केपी ओलीसहित चार जनाको पुत्ला दहन गरेका छन् ।

उनीहरूले प्रधामन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गरेका हुन् । आदिवासी जनजाति, दलित, मुस्लिम लगायत सीमान्तकृत समुदायले ‘आयोगको असमावेशी विज्ञापन खारेज गर, प्रधामन्त्री ओली, गृहमन्त्री थापा, मन्त्री लालबाबु पण्डित, आयोगका अध्यक्ष मैनाली राजीनामा दे, आरक्षण जिन्दावाद !’ भन्दै नाराबाजीसमेत गरेका थिए । आरक्षण बचाऊ आन्दोलन परिचालन समितिले संघीयताको मर्म विपरित प्रकाशित गरिएको लोक सेवा आयोगको असमावेशी विज्ञापन विरुद्ध संघर्षमा उत्रेको जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *