भारतको बेंगलोरमा उडिरहेको विमानभित्र चुरोट सेवन गर्ने एक व्यक्ति पक्राउ परेका छन्। इन्डिगो विमानमा चढेका एक पुरुष यात्री विमानको ट्वाइलेटमा चुरोट सेवन गर्दागर्दै पक्राउ परेका हुन्। शुक्रबार उडिरहेको विमानभित्र धुँवा देखेपछि एयरहोस्टेस अत्तालिएकी थिइन्। आगलागीको आशंकामा उनले निगरानी गर्दा उनले ट्वाइलेटबाट चुरोटको धुँवा निस्केको थाहा पाइन्। उनले तत्काल पाइलटलाई खबर गरिन्। विमान ल्यान्ड हुने अवस्थामा थियो। पाइलटले प्रहरीलाई खबर गरे। विमान अवतरण हुनासाथ प्रहरीले ती व्यक्तिलाई गिरफ्तार गर्यो। विमानभित्र चुरोट सेवन गर्न पाइँदैन। यो सबैलाई थाहा छ। इन्डिगो विमानका अधिकारीहरुका अनुसार ती व्यक्तिले अटेर गरेका हुन्। प्रहरीसँगको बयानमा ती व्यक्तिले आफूले चुरोट र सलाई साथमा लगेको स्वीकार गरे। एजेन्सी nepalkhabar बाट साभार
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0