यसरी मजदुरको भाग्य चम्केपछि

२०७६ श्रावण ४, शनिबार १४:०४ गते २०७६ श्रावण ४, शनिबार १४:०४ गते २०७६ श्रावण ४, शनिबार १४:०४ गते

स्पेनको एक पार्कमा पाइप गाड्ने काम भइरहेको थियो । मजदुरहरु जमिन खन्दै थिए । यत्तिकैमा एक मजदुरले जमिन खन्दै गर्दा अनौठो आवाज आयो । यो कुनै कडा यस्तुमा ठोक्किएपछि आउने आवाज थियो ।

त्यसपछि मजदुरहरुले त्यहाँ खन्न थाले । खन्दै जाँदा त्यहाँ धातुका घडा भेटिए । घटा १–२ वटा होइन पूरै १९ वटा थिए । यिनीहरुको आकार पनि गाउँघरमा पानी बोक्न प्रयोग हुने घैंटाजत्रै थियो।

यी घडा खोलेर हेर्दा त्यहाँभित्र सबैमा चाँदी र तामाका परापूर्वकालीन सिक्काहरु भरिएका थिए । यी सिक्का करिब १६०० वर्ष पुराना अर्थात चौथो शताब्दीको रोमनकालका थिए ।

जसको मूल्य खर्बौं रुपैयाँ थियो । स्पेनको टमारेस शहरमा एक पार्कमा पाइप गाड्ने क्रममा यसरी खजाना भेटिएको हो । यहाँ भेटिएका सिक्कालाई जोख्दा तिनीहरुको तौल ६ क्विन्टल थियो । जमिनभित्र यी सबै घडा १ मिटरभन्दा पनि कम गहिराइमा भेटिएका थिए।

सेभिले पुरातत्व संग्रहालयका अनुसार यी सिक्काहरु सैनिकहरु वा अधिकारीहरुलाई दिन राखिएको हुन सक्छ । यी सिक्काहरुमा रोमन साम्राज्यका कन्स्टेन्टाइन र म्याक्सिमियानको तस्वीर अंकित थियो ।

यस्ता सिक्का यसअघि स्पेनमा कहीँ पनि भेटिएका थिएनन् । संग्रहालयकी निर्देशक एना नेवेरोले भनेकी थिइन् कि यी सिक्का त्यो जमानाका हुन् जतिबेला युरोपका अधिकांश भागमा रोमनले शासन गर्थे।एजेन्सी

reportersnepal बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *