अष्ट्रेलिया, साउन ०३ .अष्ट्रेलियाका विभिन्न शहरहरुमा यहि अगष्ट २४ मा तिज मेला हुने भएको छ । नेपाली समुदायको आयोजनामा हुनलागेको यस कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका अब्बल सष्टाहरुको प्रस्तुति रहनेछ । नेपाली श्रोताहरुलाई चर्चित गीतहरुको गुञ्जन गराईसकेका सुमधुर स्वरका धनी कुलेन्द्र विश्वकर्माले तिजको माहोललाई यसपालि भरपुर रमणीय बनाउने छन । गायक विश्वकर्माको “सालको पातको टपरी” बोलको गीत यतिखेरनिकै नै चर्चामा आएको छ ।
हरेक संगीतप्रेमीको मुखमुखमा झुण्डिन सफल नेपाली लोकगीतहरु “मलाई देखेर” र “सालको पातको टपरी”को सफलताले पछिल्लो समय उनलाई चर्चाको शिखरमा पुर्याईदिएको छ । NAQ को आयोजनामा सञ्चालन हुन लागेको तिज मेलालाई Your Finance hub को sponsor तथा Bishal entertainment को वितरणमा यस “NAQ तीज मेला २” हुने भएको हो । यस NAQ तीज मेला २ निकै नै रमाइलो हुने आयोजकले विश्वास लिएको छ । नृत्य तर्फ अञ्जली अधिकारीको धमकेदार नृत्यले माहोल उत्सवमय हुने अनुमान गर्न सकिन्छ ।
Views: 0